विष्णु पौडेलको प्रतिबद्धता- निर्माणाधीन पूर्वाधारलाई तीव्रता दिने « Khabarhub

विष्णु पौडेलको प्रतिबद्धता- निर्माणाधीन पूर्वाधारलाई तीव्रता दिने


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार विष्णुप्रसाद पौडेलले चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । 

शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच पौडेलले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा शहरी पूर्वाधार लगायतका बिषयलाई समेटेर चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै पौडेलले सम्पन्न भएका पूर्वाधारहरू सञ्चालन गर्ने, निर्माणाधीन पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न गर्ने र केही नयाँ पूर्वाधार सुरु गर्ने बताए ।

नारायणघाट सडक, बुटवल गोरुसिङे सडक, झुमसा खानेपानी, प्रादेशिक हस्पिटल लगायतका संरचनाको निर्माण कार्यलाई तीव्रता दिने र केही ठूला आयोजनाहरू समेत सुरु गर्ने उनले उल्लेख गरे ।

पौडेलले तिलोत्तमा, सैनामैना तथा अन्य नगर क्षेत्रमा सडक स्तरोन्नति, लिंक रोड निर्माण तथा सुरक्षित यातायात व्यवस्थापनलाई प्राथमिकता दिइने, बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरी आधुनिक शहरी पूर्वाधार निर्माण गर्ने लगायतका योजना रहेको बताए ।

त्यस्तै व्यापारिक क्षेत्रको पुनः व्यवस्थापन, यातायात क्षेत्र सुधार तथा लगानीमैत्री वातावरण निर्माण गरी उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्य रहेको भन्दै उनले रुपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गरिने धारणा राखे ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ६ : ३० बजे

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका

चर्चामा स्पेनलाई रोक्न ‘पर्खाल’ बनेका ४० वर्षीय गोलकिपर बोजिन्हा

एटलान्टा – एटलान्टा स्टेडियममा जब रेफ्रीले अन्तिम सिट्ठी फुके, क्यामराका