मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल « Khabarhub

मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागमती– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा दुईवटा अस्थायी मतदानस्थल राखिने भएको छ । 

बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार भिमफेदी कारागार र जिल्ला प्रशासन कार्यालयका एक–एक अस्थायी मतदानस्थल राखिने भएको हो । 

भिमफेदी कारागारमा ७२ पुरुष र तीन महिला गरी ७५ जना कैदीबन्दी मतदाता र जिल्ला प्रशासन कार्यालयको अस्थायी मतदानस्थलमा तीन हजार २३२ मतदाता रहेको प्रमुख ढकालले बताए । अस्थायी मतदानस्थलमा मतदान गर्ने मतदाताले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन् । 

कुल दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि १६७ मतदानस्थलमा ३७४ मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये १९ वटा मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । 

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी जिल्लाका विभिन्न छ स्थानीय तहमा रहेका १९ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए । जिल्लाको ६० वटा मतदानस्थललाई संवेदनशील र ८८ वटालाई समान्य सूचीमा राखिएको उनको भनाइ छ । 

अतिसंवेदनशील सूचीमा रहेका १९ मतदानस्थलमा २६ वटा मतदान केन्द्र छन् । उनका अनुसार बकैयाँ गाउँपालिको पाँचवटा, राक्सिराङ गाउँपालिकाका छवटा, बागमती गाउँपालिकाको पाँचवटा, भीमफेदी गाउँपालिकाको एक, मनहरी गाउँपालिकाको एक र कैलाश गाउँपालिकाको एक गरी १९ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् । 

मकवानपुरमा एक लाख ६१ हजार ९५३ पुरुष, एक लाख ५३ हजार ३७६ महिला र अन्य पाँच गरी तीन लाख १५ हजार ३३४ जना मतदाता रहेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।
 

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ७ : २९ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी