दाङमा एमालेका कार्यकर्ताद्वारा रास्वपाको कार्यालय तोडफोड « Khabarhub

दाङमा एमालेका कार्यकर्ताद्वारा रास्वपाको कार्यालय तोडफोड


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङ क्षेत्र नं. ३ को सम्पर्क कार्यालय एमालेका कार्यकर्ताले तोडफोड गरेका छन् । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साँझ नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।

रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको जानकारी दिए । कार्यालय तोडफोड हुँदै गर्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा युवा संघ र नेकपा एमालेको नारा लगाउँदै तोडफोड गरिएको देखिन्छ ।

उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यसपछि एमालेले सो विषयमा गम्भीर आपत्ति जनाएको थियो । सोही विषयलाई लिएर विवाद उत्पन्न भएको छ । त्यस विषयलाई एमालले कार्याकर्ताले तोडफोड गरेको हुन सक्ने उनले बताए । प्रहरीले एमालेको झण्डामा आगनी गर्ने तुलसीपुर उपमहानगरपालिका ७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ९ : २१ बजे

अमेरिका-इरानलाई पाकिस्तानले भन्यो- दुवै पक्ष संयमित हुनुपर्छ

इस्लामावाद – पाकिस्तानका परराष्ट्रमन्त्रीले अमेरिका र इरानबीचको शान्ति वार्ता सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी