झापाको दमकमा एमालेको घरदैलो कार्यक्रम « Khabarhub

झापाको दमकमा एमालेको घरदैलो कार्यक्रम


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमक– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले चुनाव लक्षित घर दैलो कार्यक्रम टोल र वडामा केन्द्रित गरेको छ ।

नेकपा एमाले वडा कमिटी दमक– ८ ले फागुन २१ गते हुने निर्वाचन कार्यक्रम लक्षित घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो ।

वडा कमिटी दमक– ८ को निर्वाचन परिचालन कमिटीले आज वडा भित्रको सरस्वती टोल कमिटी र हिजो किरात कञ्चन टोलमा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

दमक– ८ को वडा कार्यालय छेउबाट सुरु भएको घरदैलो कार्यक्रम सरस्वती टोलको अर्गानिक सब्जी मण्डी, साझा डेरी, वडा नम्बर ८ मा पर्ने दमक हस्पिटल, मकालु मार्ग हुँदै अन्तमा सजिलो मार्ट अगाडि पुगेर घरदैलो कार्यक्रम सकिएको निर्वाचन परिचालन कमिटी संयोजक धर्म प्रसाद दाहाल (दिपेश)ले जानकारी दिए ।

घरदैलो गर्ने क्रममा मतदाताहरूसँग भेटघाटका साथै मत माग्ने काम गरिएको एमाले वडा कमिटी दमक– ८ का उपाध्यक्ष युवराज आचार्यले जानकारी दिए ।

किरात कचन अन्तर्गतको घरदैलो गर्ने क्रममा किरात चोकबाट सुरु भएको घरदैलो विकास मार्ग, आइतबारे लगायतको घर–घरमा पुगेर मतदातासँग मत माग्ने काम भएको एमाले वडा निर्वाचन परिचालन कमिटी संयोजक तथा दमक– ८ का वडा अध्यक्ष दाहालले जानकारी दिए ।

यस्तै, आजै दिउँसो ४ बजे दमक– ८ कै कोरोनेशन होटल अगाडि भेला भएर घरदैलो गर्ने काम रहेको एमाले वडा कमिटी दमक– ८ ले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १२ : १३ बजे

रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले

काठमाडौं- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको

आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त

काठमाडौं– पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले लोकतन्त्रको स्थायित्व र सुशासनका

हिटलरको घर अब प्रहरी चौकी

एजेन्सी– नाजी तानाशाह एडोल्फ हिटलर जन्मिएको घरलाई अस्ट्रियाले प्रहरी चौकीमा

हिंसा रोक्न गौरमा तीनै सुरक्षा निकाय परिचालन, भित्री भेगमा छिटफुट नाराबाजी र होहल्ला जारी

गौर- साम्प्रदायिक हिंसा नियन्त्रणका लागि रौतहटको सदरमुकाम गौरका विभिन्न स्थानमा

उम्मेदवारहरूको घरदैलो अभियान तीव्र

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर राजनीतिक दल