झापाको दमकमा एमालेको घरदैलो कार्यक्रम « Khabarhub

झापाको दमकमा एमालेको घरदैलो कार्यक्रम


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दमक– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले चुनाव लक्षित घर दैलो कार्यक्रम टोल र वडामा केन्द्रित गरेको छ ।

नेकपा एमाले वडा कमिटी दमक– ८ ले फागुन २१ गते हुने निर्वाचन कार्यक्रम लक्षित घरदैलो कार्यक्रमलाई तीव्रता दिएको हो ।

वडा कमिटी दमक– ८ को निर्वाचन परिचालन कमिटीले आज वडा भित्रको सरस्वती टोल कमिटी र हिजो किरात कञ्चन टोलमा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

दमक– ८ को वडा कार्यालय छेउबाट सुरु भएको घरदैलो कार्यक्रम सरस्वती टोलको अर्गानिक सब्जी मण्डी, साझा डेरी, वडा नम्बर ८ मा पर्ने दमक हस्पिटल, मकालु मार्ग हुँदै अन्तमा सजिलो मार्ट अगाडि पुगेर घरदैलो कार्यक्रम सकिएको निर्वाचन परिचालन कमिटी संयोजक धर्म प्रसाद दाहाल (दिपेश)ले जानकारी दिए ।

घरदैलो गर्ने क्रममा मतदाताहरूसँग भेटघाटका साथै मत माग्ने काम गरिएको एमाले वडा कमिटी दमक– ८ का उपाध्यक्ष युवराज आचार्यले जानकारी दिए ।

किरात कचन अन्तर्गतको घरदैलो गर्ने क्रममा किरात चोकबाट सुरु भएको घरदैलो विकास मार्ग, आइतबारे लगायतको घर–घरमा पुगेर मतदातासँग मत माग्ने काम भएको एमाले वडा निर्वाचन परिचालन कमिटी संयोजक तथा दमक– ८ का वडा अध्यक्ष दाहालले जानकारी दिए ।

यस्तै, आजै दिउँसो ४ बजे दमक– ८ कै कोरोनेशन होटल अगाडि भेला भएर घरदैलो गर्ने काम रहेको एमाले वडा कमिटी दमक– ८ ले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १२ : १३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म