मगन्ते गिरोहका कारण पाकिस्तानीलाई खाडी मुलुकको भिसामा बन्देज « Khabarhub

मगन्ते गिरोहका कारण पाकिस्तानीलाई खाडी मुलुकको भिसामा बन्देज


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै देशमा सङ्गठित रूपमा फैलिरहेको ‘मगन्ते माफिया’ बारे गम्भीर खुलासा गरेका छन् । उनले यस्ता गिरोहका कारण खाडी मुलुकहरूले पाकिस्तानी नागरिकलाई भिसा दिन बन्द गरेको बताएका छन् ।

भिडियोमा एक जना पाकिस्तानी नागरिकले मगन्तेका रुपमा काम गरिरहेका बालकसँग कुरा गरेको देख्न सकिन्छ । ती बालकले भिडियोमा आफ्नो पूरै परिवार नै मगन्ते पेशामा लागेको बताएका छन् ।

रक्षामन्त्री आसिफका अनुसार पाकिस्तानमा पेशेवर रुपमा भिख माग्ने काम मौलाइरहेको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यहाँ औपचारिक ठेकेदारहरू छन् जसले बालबालिका, महिला र नक्कली अपाङ्गहरूलाई भर्ती गर्छन् र अर्बौँ रुपैयाँ कमाउँछन् । यही माफियाले हजारौँको सङ्ख्यामा मगन्तेहरुलाई खाडी मुलुकमा निर्यात गर्छ ।’

उनले यस धन्दामा विमानस्थलका कर्मचारी, स्थानीय प्रशासन र प्रहरीको समेत मिलेमतो हुने गरेको आरोप लगाएका छन् ।

पाकिस्तानको विदेशमा रहेका नागरिक मामिला मन्त्रालयका अनुसार सन् २०१९ देखि २०२५ सम्ममा ७ हजार ८ सय भन्दा बढी पाकिस्तानीलाई भिख मागेको लगायतका अभियोगमा विभिन्न देशबाट देशनिकाला गरिएको छ । खलीज टाइम्सका अनुसार यसै समस्यालाई मध्यनजर गर्दै पाकिस्तान सरकारले सन् २०२५ देखि देशनिकाला भएकाहरूको राहदानी समेत रद्द गर्न थालेको छ।

भिडियोमा बोल्ने बालकले आफू र तीन दाजुभाइको दैनिक औसत कमाइ १२ हजार पाकिस्तानी रुपैयाँ रहेको जानकारी दिएका छन् । उनका दाजु वास्तवमा अपाङ्ग होइनन् तर, भिख माग्नकै लागि खुट्टा खोच्याएको नाटक गर्छन् ।

भिख मागेकै भरमा उनको परिवारले फैसलाबादको मिल्लत टाउन नामक महँगो क्षेत्रमा घर समेत किनेको छ । भिडियोमा अन्तर्वार्ता लिने व्यक्तिले पवित्र महिना रमजानको अवसरमा सर्वसाधारणलाई जथाभाबी दान नगर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : ०४ बजे

रोचक बन्दै गोल्डेन बुटको दौड : मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र भिनिसियस

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोल गर्ने

निर्माताका दु:ख- हाउसफुल देखाउन आफैँले टिकट किन्नुपर्ने !

काठमाडौँ- फिल्म हेर्न त दर्शकले टिकट काट्ने हो नि ।

म्याग्दी जिल्ला पूर्णखोपयुक्त घोषणा

म्याग्दी– म्याग्दीलाई पाँच वर्षमुनिका बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता तथा दिगोपना

विश्वकपमा सबैको ध्यान तान्ने युवा खेलाडी को हुन्?

मेसी, एम्बाप्पे र मोड्रिचको अन्तिम विश्वकप हुन सक्ने चर्चा भइरहेका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक आज