निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन « Khabarhub

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिएकी छन् ।

निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिएको बैठक पछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी गराइन् । 

प्रधानमन्त्री कार्कीसहित आज बिहान मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा समग्र प्रदेशको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिए ।

जिल्लास्थित सुरक्षा समितिले जिल्लाको चुनौतीका अवस्था पहिचान गरेर त्यसैअनुरूपको सुरक्षा रणनीति बनाएर अघि बढ्न प्रधानमन्त्रीबाट निर्देशन भएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिए ।

जिल्लागत रुपमा मतदानस्थललाई चुनौती पहिचान गरी तिनलाई वर्गीकरण गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको एकीकृत सुरक्षा योजनाअनुरूप अघि बढ्न निर्देशन दिएको प्रमुख सचिव काप्रीले बताए। 

प्रदेशका १२ वटै जिल्लामा तयारी, प्रदेशमा गठन भएको निर्वाचन कमाण्ड सेलसँग संवाद गरेर निर्वाचन निष्पक्ष र शान्ति पूर्ण रुपमा सम्पन्न गर्न १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले योजना बनाएका विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको प्रमुख सचिव काप्रीले जानकारी गराए।

बैठकमा नेपाली सेनाका पृतनापति हिम्मतबहादुर विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षकलगायत बैठकमा सहभागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी गराएका थिए । 

यस्तै प्रदेश सरकारका प्रमुख सचिव काप्रीले समग्र प्रदेशको तयारीका अवस्थामा जानकारी गराइएको बताए।

जिल्लागत रुपमा अतिसंवेदनशील, संवेदनशील र सामान्य निर्वाचन मतदान केन्द्र पहिचान गरेर आवश्यक तयारी गरिएको जानकारी गराए । जिल्लास्थित सरकारी निकायले त्यस्ता चुनौती पहिचान गरेर समाधानका लागि आवश्यक संवाद र छलफल गरेर काम गर्ने विषयमा जानकारी गराइएको थियो । 

प्रधानमन्त्रीको निर्देशनबाट निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न थप हौसला मिलेको र प्रतिबद्धताका साथ निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न लाग्ने प्रमुख सचिव काप्रीले बताए। 

एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सङ्कलित सूचना गरेर आवश्यक रणनीति तय गरिने विषयमा बैठकमा छलफल भएको जानकारी दिए । 

प्रदेश सरकारले पनि यो निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने जिम्मेवारी रहेकाले प्रदेश सरकारका जिल्लास्थित निकायहरु, स्थानीय तहबाट सहयोग लिएर निर्वाचन तयारीको काम भइरहेको जानकारी गराए।

प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये प्रमुख रुपमा तराईका जिल्लामा खुला सीमाना प्रमुख साझा चुनौतीका रुपमा रहेका विषयमा छलफल भएको बताए। 

यस प्रदेशमा पश्चिम नवलपरासीदेखि बर्दियासम्ममा ४१४ किलोमिटर खुला सिमाना छ । प्रदेशमा एउटा हिमाली जिल्ला रुकुमपूर्व सञ्चारमा सूचना संकलन, पहुँचजस्ता विषय, जनसाङ्ख्यिक विविधताका हिसाबले धार्मिक, जातीय र भौगोलिकताजस्ता विषयमा समस्या आउनसक्ने सम्भावना लाई पहिचान गरेर तयारी गरिने बताए। 

प्रधानमन्त्रीसमक्ष यस्ता विषयमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी गराएको बताए। 

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  २ : १६ बजे

प्रधानमन्त्रीले गल्ती नसच्याएसम्म संकट समाधान हुँदैन : एमाले

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले

स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गर्ने सरकारको तयारी, दुरुपयोग रोक्न अर्थमन्त्रीको जोड

काठमाडौं- सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी वास्तविक बीमाको अवधारणा

एमसिए-नेपालले गर्‍यो दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य सुरु

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले बुधबार मिलेनियम च्यालेञ्ज

खुश्बुलाई गृहमन्त्रीको आश्वासन : प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ 

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की

रविलाई आङ्देम्बेको प्रश्न- दिल्लीमा पुग्दा किन सीमा र कालापानीको उच्चारण नगरेको ? 

काठमाडौं– नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रवि लामिछाने