जापानमा हप्ता दिनभित्रै दुई मन्त्रीद्वारा राजीनामा, प्रधानमन्त्रीलाई ठूलो धक्का « Khabarhub

जापानमा हप्ता दिनभित्रै दुई मन्त्रीद्वारा राजीनामा, प्रधानमन्त्रीलाई ठूलो धक्का


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन् । एक हप्तामा दुई जना मन्त्रीको राजीनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ ।

कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ बर्षीया एन्द्री कावाईले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको कुरा सार्वजनिक गरेपछि ५६ बर्षीय न्यायमन्त्री कावाईले राजीनामा दिएका हुन् ।

कावाईले कर्मचारीलाई दिएको दैनिक खर्च जापानी कानूनले निर्धारण गरेको खर्चभन्दा बढी भएको उक्त पत्रिकाको बुधबारको अनलाइन संस्करणमा छापिएको थियो ।

पत्रिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एन्द्री कावाईका १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएका थिए ।

मन्त्री कावाईसमेतलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप पत्रिकामा लगाइएको छ ।

प्रधानमन्त्री आवेलाई उनको कार्यालयमा राजीनामा बुझाएपछि बिहीबार पत्रकार सम्मेलनमा भने, “मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।”

हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले न्यायराज्य मन्त्री तथा विशेष कुटनीतिक सल्लाहाकारका रूपमा काम गरिसकेका छन् ।

गत शुक्रबार सोही पत्रिकाले त्यहाँका उद्योग मन्त्रीलाई पनि आफ्ना सहयोगीलाई कानून विपरीत नगद तथा उपहार वितरण गरेको समाचार छापेपछि उनले पनि राजीनामा दिएका थिए ।

यसैबीच जापानी प्रधानमन्त्री आवेले दुई मन्त्रीको राजीनामाको जिम्मेवारी लिँदै जापानी जनतासँग क्षमा याचना गरेका छन् ।

उनले भने , “न्यायमन्त्री कावाईलाई जिम्मेवारी दिएको र उहाँमाथि अनियमितता गरेको आरोप लागेकाले यसको जिम्मेवारी लिँदै जापानी जनतासमक्ष क्षमा याचना गर्छु ।”

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : १५ बजे

दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ

इनरुवा– सुनसरी बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामा लागूऔषध गाँजासहित पक्राउ

अब शिक्षकहरूको अवकाशपछिको ‘सिटरोल’ प्रदेशस्तरबाट

काठमाडौं– राष्ट्रिय किताबखाना (निजामती) ले सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूको अवकाशपछिको

मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको

गगनलाई पूर्णबहादुरको ‘काउन्टर’ : स्पष्टीकरण सोध्ने समिति नै अवैधानिक

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टीको अनुशासन समितिले

रोल्पा र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– रोल्पाको रून्टिगढी गाउँपालिका-७ खर्चेस्थित सडकमा बागेबाट दाङतर्फ जाँदै गरेको रा.१ ख ३१८६