जापानमा हप्ता दिनभित्रै दुई मन्त्रीद्वारा राजीनामा, प्रधानमन्त्रीलाई ठूलो धक्का | Khabarhub Khabarhub

जापानमा हप्ता दिनभित्रै दुई मन्त्रीद्वारा राजीनामा, प्रधानमन्त्रीलाई ठूलो धक्का


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानका न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राजीनामा दिएका छन् । एक हप्तामा दुई जना मन्त्रीको राजीनामापछि प्रधानमन्त्री सिन्जो आवेलाई ठूलो धक्का लागेको छ ।

कावाईकी पत्नीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि न्यायमन्त्री कावाईले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।

जापानी साप्तिाहिक पत्रिका शुकान भुनशुनले जुलाईमा जापानी संसदको माथिल्लो सदनमा ४६ बर्षीया एन्द्री कावाईले आफ्ना कर्मचारीलाई कानूनले तोकेभन्दा बढी भत्ता दिएको कुरा सार्वजनिक गरेपछि ५६ बर्षीय न्यायमन्त्री कावाईले राजीनामा दिएका हुन् ।

कावाईले कर्मचारीलाई दिएको दैनिक खर्च जापानी कानूनले निर्धारण गरेको खर्चभन्दा बढी भएको उक्त पत्रिकाको बुधबारको अनलाइन संस्करणमा छापिएको थियो ।

पत्रिकाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एन्द्री कावाईका १३ महिला निर्वाचन अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर अर्थात् प्रतिदिन २७६ डलर बराबर खर्च उपलब्ध गराएका थिए ।

मन्त्री कावाईसमेतलाई आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप पत्रिकामा लगाइएको छ ।

प्रधानमन्त्री आवेलाई उनको कार्यालयमा राजीनामा बुझाएपछि बिहीबार पत्रकार सम्मेलनमा भने, “मेरो पत्नी एन्द्री वा ममाथि लगाइएका आरोप निराधार छन् । हामीले कुनै अनियमितता गरेका छैनौँ । यसलाई तल्लो तहसम्म पुगेर आरोपलाई निराधार पुष्टि गर्नु नै अहिलेको मेरो जिम्मेवारी हो ।”

हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कावाईले सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनले न्यायराज्य मन्त्री तथा विशेष कुटनीतिक सल्लाहाकारका रूपमा काम गरिसकेका छन् ।

गत शुक्रबार सोही पत्रिकाले त्यहाँका उद्योग मन्त्रीलाई पनि आफ्ना सहयोगीलाई कानून विपरीत नगद तथा उपहार वितरण गरेको समाचार छापेपछि उनले पनि राजीनामा दिएका थिए ।

यसैबीच जापानी प्रधानमन्त्री आवेले दुई मन्त्रीको राजीनामाको जिम्मेवारी लिँदै जापानी जनतासँग क्षमा याचना गरेका छन् ।

उनले भने , “न्यायमन्त्री कावाईलाई जिम्मेवारी दिएको र उहाँमाथि अनियमितता गरेको आरोप लागेकाले यसको जिम्मेवारी लिँदै जापानी जनतासमक्ष क्षमा याचना गर्छु ।”

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ८ : १५ बजे

अन्तर्राष्ट्रिय सहकारी दिवसमा विशेष समारोहको आयोजना गर्ने महासंघको तयारी

काठमाडौं– राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

धनगढी– गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ

विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी

काठमाडौं– संघीय संसद्का दुई ठूला दल मिलेर गठन भएको नेकपा

‘नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक अगाडि बढाऔँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक