होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ « Khabarhub

होलीमा उच्छृशृङ्खलता निषेध, निर्वाचन सुरक्षामा प्रशासनको कडाइ


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – असान्न प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता पूर्ण रूपमा पालना सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मौन अवधिमा पर्ने होली पर्वलाई मर्यादित र अनुशासित ढङ्गले मनाउन आग्रह छ ।

शान्तिसुरक्षा र निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आज छ बुँदे निर्देशन जारी गर्दै कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रशासनले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै राजनीतिक दल, उम्मेदवार, मतदाता तथा सबै सरोकार भएका निकायलाई संयमता अपनाउन र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ । प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, “आचारसंहिता–२०८२ को पूर्णपालना गर्न तथा उल्लङ्घन गतिविधि भए सम्बन्धित निकायमा जानकारी गराउन अनुरोध गर्दछौँ ।”

होली मनाउने नाममा भीडभाड हुने कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिनुपर्ने, सार्वजनिक स्थानमा होहल्ला तथा चर्को आवाजमा ‘डिजे’ बजाउन नपाइने र छरछिमेकलाई असर पर्ने गतिविधि नगर्न स्पष्ट निर्देशन दिइएको छ ।

साथै, कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने वा फोहर छ्याप्ने कार्य पूर्णतः निषेध गरिएको प्रशासनले जनाएको छ । मादक तथा नशालु पदार्थ सेवन गरी सवारीसाधन चलाउने, जबरर्जस्ती वा अमर्यादित व्यवहार गर्नेलगायत गतिविधिमा संलग्न भए कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

निर्वाचन सुरक्षामा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई अवरोध वा दुःख दिने कार्य नगर्न विशेष आग्रह गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन र पर्वलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको उल्लेख छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ९ : ३७ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ