मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल « Khabarhub

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आसन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको घोषणापत्रलाई प्रत्येक वडा तहसम्म पुर्‍याउनुपर्ने बताएका छन् ।

बुद्धिजीवी एवं पेसाकर्मी निर्वाचन परिचालन मूल समितिद्वारा आज आयोजित चुनावी प्रतिबद्धता अन्तर संवाद कार्यक्रममा उनले पार्टीले उठाउँदै आएको सुशासन, आत्मनिर्भर अर्थतन्त्र, रोजगारीका विषयमा राजनीतिक कार्यक्रम तथा प्रतिबद्धता जनतालाई राम्रोसँग बुझाउन सक्नुपर्ने बताए ।

मुलुकमा विद्यमान सबै प्रकारका सङ्कटमा समाधान गर्न नेपाली कम्युनिष्ट पार्टी सक्षम रहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री खनालले देश र जनताको हितमा समर्पित आफ्नो पार्टीलाई निर्वाचनमा जनताले मूल्याङ्कन गरेर अनुमोदन गर्ने विश्वास व्यक्त गरे ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार खोजी गर्न, भागेका बन्दी पक्राउ गर्न सरकारलाई आग्रह गर्दै उनले नेता तथा कार्यकर्तालाई चुनावी तयारीमा जुट्न र आफ्ना उम्मेदवारलाई जिताउन आह्वान गरे ।

निर्वाचनका प्राविधिक विषयमा विभिन्न दलसँग औपचारिक तथा अनौपचारिक छलफल भइरहेको बताउँदै उनले अन्य दल र नेताबाट निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न सकारात्मक प्रतिक्रिया पाइरहेको बताए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन समाजवादीका अध्यक्ष प्राडा गोविन्द सुवेदी, पेसाकर्मी निर्वाचन मूल परिचालन समितिका संयोजक विष्णुपुकार श्रेष्ठले तारा चिह्न बाहक काठमाडौँ उपत्यकाका उम्मेदवालाई स्वागत तथा निर्वाचनमा बुद्धिजीवी एवं पेसाकर्मीको भूमिका र नेपाली कम्युनिष्ट पार्टीको नीति तथा कार्यक्रमबारे धारणा राखे ।

निर्वाचन प्रचारप्रसारका लागि समितिबाट ‘बुद्धिजीवी पेसाकर्मीको आह्वान, तारा चिन्हमा मतदान गरौँ’ भन्ने अपिल प्रकाशित भएको छ । उक्त अपिल १६४ वटै निर्वाचन क्षेत्रमा वितरण गर्ने, प्रचारप्रसारका थप कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । सबै निर्वाचन क्षेत्रका बुद्धिजीवी एवं पेसाकर्मीले सामूहिक तवरबाट परिचालित हुने गरी कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  १० : ०० बजे

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली