चार दिन मनाइँने छठ पर्वमा कुन दिन के गरिन्छ ? | Khabarhub Khabarhub

चार दिन मनाइँने छठ पर्वमा कुन दिन के गरिन्छ ?


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्य पूजा आराधना गरिने पर्व छठ विहीबारबाट विधिवत रुपमा शुरु भएको छ । चार दिन मनाइने छठ पर्वमा सूर्यको उपासना गरिन्छ ।

छठको पहिलो दिन बिहिबार, चतुर्थी दिन अरबा–अरबाइन गरिन्छ । यस दिनलाई नहाय–खाय भनिन्छ । छठको दोस्रो दिन खराना, तेस्रो दिन षष्ठी (छठ) र चौथो दिन पारण गरिन्छ ।

छठ पर्वका क्रममा गरीने सूर्यको उपासनाले सन्तान प्राप्ति, निरोग्यता, सुख, समृद्धि प्राप्त हुनुका साथै चर्म रोग समेत निको हुने जनविश्वास छ । छठ पर्वका मुख्य दिनहरु यस प्रकार छन्-

छठको पहिलो दिन: नहाए खाए

कार्तिक शुक्ल चर्तुदशीका दिन अर्थात यसपटक कार्तिक १४ गते बिहिबारबाट शुरु भएको छठको पहिलो दिनलाई नहाए खाए भनिन्छ । यस दिन बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्ने तथा चोखो पानीले नुहाईधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गरिन्छ ।

खराना

कार्तिक शुक्ल पञ्चमी छठको दोस्रो दिनलाई खराना भनिन्छ । यसपटक कार्तिक १५ गते शुक्रबार परेको खरानाको दिन नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरबाट बनेको खीर, लौकाको तरकारी लगायका शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गरी भोलिपल्टको निराहार ब्रतको पूर्वाभ्यास गरिन्छ ।

छठ (अस्ताउँदो सुर्यलाई अर्घ दिने दिन)

कार्तिक शुक्ल षष्ठी अर्थात छठको तेस्रो दिनलाई षष्ठि (छठ) भनिन्छ । यस दिनमा ब्रतालुहरू पानी समेत नखाइ निराहार ब्रत बस्दछन् । सँँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको उपासना गर्दछन् ।

प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन–कीर्तन र नाचगान हुने गर्दछ ।

पारण (उदाउँदो सुर्यलाई अर्घ दिने दिन)

कार्तिक शुक्ल सप्तमी अर्थात छठको चौथो दिनलाई पारण भनिन्छ । रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले सप्तमीको उदाउदो सूर्यको उपासना गर्ने दिन ब्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् । पूजा सकेपछि पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : २३ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।