चार दिन मनाइँने छठ पर्वमा कुन दिन के गरिन्छ ? « Khabarhub

चार दिन मनाइँने छठ पर्वमा कुन दिन के गरिन्छ ?


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सूर्य पूजा आराधना गरिने पर्व छठ विहीबारबाट विधिवत रुपमा शुरु भएको छ । चार दिन मनाइने छठ पर्वमा सूर्यको उपासना गरिन्छ ।

छठको पहिलो दिन बिहिबार, चतुर्थी दिन अरबा–अरबाइन गरिन्छ । यस दिनलाई नहाय–खाय भनिन्छ । छठको दोस्रो दिन खराना, तेस्रो दिन षष्ठी (छठ) र चौथो दिन पारण गरिन्छ ।

छठ पर्वका क्रममा गरीने सूर्यको उपासनाले सन्तान प्राप्ति, निरोग्यता, सुख, समृद्धि प्राप्त हुनुका साथै चर्म रोग समेत निको हुने जनविश्वास छ । छठ पर्वका मुख्य दिनहरु यस प्रकार छन्-

छठको पहिलो दिन: नहाए खाए

कार्तिक शुक्ल चर्तुदशीका दिन अर्थात यसपटक कार्तिक १४ गते बिहिबारबाट शुरु भएको छठको पहिलो दिनलाई नहाए खाए भनिन्छ । यस दिन बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्ने तथा चोखो पानीले नुहाईधुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गरिन्छ ।

खराना

कार्तिक शुक्ल पञ्चमी छठको दोस्रो दिनलाई खराना भनिन्छ । यसपटक कार्तिक १५ गते शुक्रबार परेको खरानाको दिन नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरबाट बनेको खीर, लौकाको तरकारी लगायका शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिनमा एक छाक मात्र भोजन गरी भोलिपल्टको निराहार ब्रतको पूर्वाभ्यास गरिन्छ ।

छठ (अस्ताउँदो सुर्यलाई अर्घ दिने दिन)

कार्तिक शुक्ल षष्ठी अर्थात छठको तेस्रो दिनलाई षष्ठि (छठ) भनिन्छ । यस दिनमा ब्रतालुहरू पानी समेत नखाइ निराहार ब्रत बस्दछन् । सँँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यको उपासना गर्दछन् ।

प्रातःकालीन अर्घका लागि केही ब्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । यस दिनमा रातभर भजन–कीर्तन र नाचगान हुने गर्दछ ।

पारण (उदाउँदो सुर्यलाई अर्घ दिने दिन)

कार्तिक शुक्ल सप्तमी अर्थात छठको चौथो दिनलाई पारण भनिन्छ । रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले सप्तमीको उदाउदो सूर्यको उपासना गर्ने दिन ब्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् । पूजा सकेपछि पालैपालो ठकुवा भुसुवा फलफुल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी ब्रत खोल्दछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : २३ बजे

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना