कीर्तिपूरका पूर्व मेयर रमेश मर्हजन एमाले छाडेर नेकपामा प्रवेश « Khabarhub

कीर्तिपूरका पूर्व मेयर रमेश मर्हजन एमाले छाडेर नेकपामा प्रवेश


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका पूर्व मेयर रमेश मर्हजन र वडा नं. ६ का पूर्व वडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरूलाई पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा नेता बामदेव गौतम लगायत नेताहरूले आज पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा संयोजक प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी धेरै कम्युनिष्ट पार्टीहरु मिलेर बनेको बताउँदै यो एकता सिंगो एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रवादि शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा सकारात्मक सन्देश जाने धारणा राखे ।

पार्टी प्रवेश गरेका पूर्व मेयर रमेश मर्हजन र पूर्व वडाअध्यक्ष नुच्छे मर्हजनले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट किर्तिपूर–१० मा तारा चिन्हबाट उम्मेदवार रहनुभएकी रुपा मर्हजनलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

पूर्व मेयर रमेश मर्हजनले दुई तिहाइको सरकारको नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकी हेलिकप्टरमार्फत बाहिरिनु परेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनतासँग पुनः मत माग्ने नैतिक अधिकार नभएको टिप्पणी गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : २८ बजे

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका