निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू « Khabarhub

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ । आयोगले धातु, काठ वा अन्य यस्तै सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्दा सुरक्षा जोखिम बढ्ने भन्दै यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा केही दल तथा उम्मेदवारले प्रचारप्रसारका क्रममा भौतिक रूपमा बनाइएको निर्वाचन चिह्न बोकेर हिँड्ने गरेको सूचना तथा गुनासो प्राप्त भएको उल्लेख छ । यसले जनसमुदायको शान्ति र सुरक्षामा प्रतिकूल असर पर्न सक्ने भएकाले त्यस्ता सामग्री प्रयोग नगर्न स्पष्ट निर्देशन दिइएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार निर्वाचनका लागि दल र उम्मेदवारलाई वितरण गरिने निर्वाचन चिह्न आयोगले निर्धारण गर्ने व्यवस्था रहेको छ। त्यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसार दल र स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न अनुसूची–३० र अनुसूची–३१ मा उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) अनुसार दलको झण्डा र चुनाव चिन्हको मापदण्ड तोकिएको छ। आयोगले उक्त मापदण्डअनुसार कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएको निर्वाचन चिह्न प्रयोग गरी प्रचारप्रसार गर्न सकिने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  १० : ५३ बजे

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका