सुपरहिट गीत ‘चट्ट रुमाल’ रिमेक भएर ‘यात्रा’ मा « Khabarhub

सुपरहिट गीत ‘चट्ट रुमाल’ रिमेक भएर ‘यात्रा’ मा


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरानो फिल्म ‘आफ्नो मान्छे’ को सुपरहिट गीत ‘चट्ट रुमाल’को रिमेक गरिएको छ । यो गीतलाई दर्शकले सलिनमान बनियाँ अभिनित फिल्म ‘यात्रा’ मा नयाँ भर्जनमा हेर्न पाउने भएका छन् ।

‘आफ्नो मान्छे’ मा श्रीकृष्ण श्रेष्ठ र निरुता सिंह, विपना थापा, दिलिप रायमाझी लगायतका कलाकारको अभिनय थियो ।

चैत २९ गतेदेखि रिलिज हुने यो फिल्मका केही तस्वीर सार्वजनिक गर्दै निर्माण टिमले गीत नयाँ स्वादमा पस्किन लागेको बताएको हो ।

गीतमा बाबुराम दाहालको शब्द रहेको यो गीतमा सम्भुजित बाँस्कोटाको संगीत छ । यस्तै ओर्जिनल गीतमा संगीतकार बाँस्कोटा र साधना सरगमको स्वर छ ।

नयाँ गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राईको आवाज सुन्न सकिने निर्माण टिमले बतायो । गीतमा राजन इशानको रिएरेन्ज रहनेछ ।

सलिनमान बनियाँ सलोन बस्नेत, जाह्नवी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, विशाल पहाडी, प्रज्वल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतले अभिनय गरेको यो फिल्ममा सम्राट शाक्यको निर्देशन छ ।

सुशील पोखरेलको निर्माण रहेको फिल्ममा कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि निर्देशक सम्राटकै छ भने सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर फिल्म लेखेका हुन् ।

तस्वीरहरू – निर्माण टिम

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ४ : १३ बजे

एमाले सचिवालय : शुक्रबार पाँच उपाध्यक्ष बोले, शनिबार अध्यक्ष ओलीसहित अन्य पदाधिकारीले बोल्ने

काठमाडौं- नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठकमा पाँचजना उपाध्यक्षहरूले बोलेका

मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका

समस्याग्रस्त गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

काठमाडौं- समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक

अतिकम विकसित मुलुकबाट स्तरोन्नति स्थगन गर्न नेपालले पठायो औपचारिक पत्र

काठमाडौं– नेपाल सरकारले नेपाल सरकारले अतिकम विकसित मुलुक बाट हुने

हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न