तुलसीपुरमा घट्दै पानीको आपूर्ति « Khabarhub

तुलसीपुरमा घट्दै पानीको आपूर्ति


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– शिशिर ऋतु सकिनै लाग्दा दाङ तुलसीपुरमा खानेपानीको आपूर्ति घट्दै गएको छ । तुलसीपुरमा प्रतिदिन एक करोड लिटर खानेपानीको माग छ । तर, अहिले ५४ लाख लिटर मात्रै आपूर्ति हुने गरेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाले बताए ।

‘माग धेरै छ, एक करोड लिटर दैनिक माग हुन्छ’, उनले भने, ‘तर, अहिले पानीका मुहान घट्दै गएका छन्, त्यसले गर्दा पुर्‍याउनै हम्मे–हम्मे पर्ने गर्छ ।’

अहिले किसानलाई सिँचाइका लागि पानी दिनुपर्ने, पानीका मुहान घट्दै जाने अवस्था भएपछि यस्तो समस्या हुने गरेको कोषाध्यक्ष थापाको भनाइ छ । उनका अनुसार अब पालो–पालो गरेर पानी दिनुपर्ने अवस्था छ । 

‘दुई दिन पानी दिइरहेकालाई एक दिन र एक दिन दिइरहेकालाई केही दिन बिराएर पानी दिनुपर्ने अवस्था रहेको छ’, उनले भने, ‘पानी नपर्दासम्म यस्तै समस्या रहने अवस्था छ ।’ 

यस्तो अवस्थामा ट्यांकरबाट भए पनि पानी उपलब्ध गराइने उनले बताए। तुलसीपुर खानेपानीले वर्षात्को समयमा ८५ लाख लिटरसम्म खानेपानी आपूर्ति गर्दै आएको छ । 

वर्षातमा पानी प्रयाप्त हुने भए पनि कुनै मुहानको धमिलो पानी हुने भएकाले काट्नुपर्ने अवस्था रहेकाले ८५ लाख लिटर मात्रै आपूर्ति हुने गरेको उनको भनाइ छ ।  

तुलसीपुर खानेपानीले पालिकाको वडा नं ३ देखि १० सम्म र १२ नम्बर वडाका केही भागमा खानेपानी आपूर्ति गर्दै आएको छ । हाल तुलसीपुर खानेपानीको मूलकोट, राम्री, धैरनी, बाख्रे, दगेरा, छरछरे र पहरेमा ग्राभेटि मुहान छन् । कार्यालय परिसरमा डिपबोरिङ,  डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, गोलौरा, तुलसीपुरको रेडक्रस, राइखलिया, मोतिपुर, इन्द्र नगर, उत्तरकपडादेवी, दक्षिण कपडादेवी परिसरलगगायत गरी १७ वटा भूमिगत मुहानका स्रोत छन् । 

रानीजरुवा र पातुखोलामा सम्वेल छन् । हाल खानेपानीले १२ हजारभन्दा बढी धारा वितरण गर्दै आएको छ । तुलसीपुर खानेपानीले खर्चवा, रक्षाचौर र कार्यालय परिसरमा प्रशोधन मेसिन राखेको छ । 

रक्षाचौरमा बालुवा र गिट्टीको सहायताले पानी प्रशोधन गर्दै आएको छ । खर्चवा र कार्यालय परिसरमा प्रेसर फिल्टरबाट प्रशोधन गर्दै आएको छ । अहिले तुलसीपुरमा बताए । 
 

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १ : १६ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा