सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध « Khabarhub

सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सबै सीमानाकामा सवारीसाधन सञ्चालनमा अस्थायी निषेध लगाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले आज जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न फागुन १८ गते सोमबार राति १२ः०० बजेदेखि मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म सवारी आवागमनमा प्रतिबन्ध लगाइनेछ।

सूचनामा एम्बुलेन्स, ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन बाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने उल्लेख गरिएको छ।

निर्वाचन अवधिभर सुरक्षा व्यवस्था कडा पारिने जनाउँदै प्रशासनले आम नागरिकलाई सहयोग र समन्वयका लागि आग्रह गरेको छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : १३ बजे

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

एमालेको अभियान उद्घाटन गर्न अध्यक्ष ओली झापा जाँदै

काठमाडौं- प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

रोल्पा पहिरो : हराएकाको खोजी जारी

रोल्पा– जिल्लाको सुनछहरि गाँउपालिका वडा नं २ स्थित मङरारु गाउँमा

सानेपातिर देखाउँदै दुर्लभको आक्रोश : देउवाको नेतृत्वमा नगए तपाईंहरूको हालत के होला ?

काठमाडौं- नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले १५औँ महाधिवेशनमा शेरबहादुर

भारतमा हुने एसीसी प्रिमियर कपबारे सन्दिपले भने- विगतका गल्ती-कमजोरी सच्याएर अघि बढ्छौँ

काठमाडौं– मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने