७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार « Khabarhub

७ अंक बढीले घट्यो नेप्से, १४ दिनदेखि दैनिक ५ अर्ब मुनिको कारोबार


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३७ अंकले घटेको छ । 

शुक्रबार ४ अर्ब २७ करोड  ५६ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६४३.८३ बिन्दुमा पुगेको हो ।

शुक्रबार कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । आज १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्से घट्दा जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड र अन्य बाहेक सबै समूहको उपसूचक ऋणात्मक बन्न गएको छ ।

गत चैत १३ गते बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि औसत रूपमा ओरालो लागेको नेप्सेमा पछिल्लो १४ दिनमा दैनिक ५ अर्बको कारोबार हुन नसकेको देखिएको छ । 

साथै, सो अवधिमा ५ दिन मात्रै नेप्से बढ्यो भने ९ दिन नेप्से ओरालो लाग्यो ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : ३७ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका