‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की « Khabarhub

‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । फिल्ममा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् ।

‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आफूले गरेको तयारीबारे खुलेकी छन् ।

थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलो पटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् ।

यौनकर्मीहरु गोप्य रहेर आफ्नो पेसामा लाग्छन् । उनीहरु आफ्नो पेसा गोप्य राख्न चहान्छन् । रोश्नीको चिनेका र पहुँचमा भएका कुनै यौनकर्मी थिएनन् ।

तर, पात्र निर्माणका लागि उनीलाई यौनकर्मी नै भेट्न आवश्यक थियो ।

उनी भन्छन्, ‘यौनकर्मी मैले चिनेको छैन । आफूलाई यौनकर्मी बताउने को नै हुन्छ ? उनीहरुको पेसा नै थाहा हुँदैन । मलाई रिफ्रेन्सका लागि उनीहरुसँग भेट्नु थियो ।’

यौनकर्मीको मानसिकता बुझ्नका लागि उनीहरुसँगको भेट आफूलाई उपयुक्त लागेको उनको तर्क छ ।

रोश्नी भन्छिन्, ‘फिल्म यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित छ । नेपाली परिवेशका यौनकर्मीको मानसिकता के छ ? भन्नेबारे बुझ्न त मैले उहाँहरुसँग नै भेट्नु आवश्यक थियो नि ।’

निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मीसँग कुराकानी भएपछि सहयोग भएको उनले खुलाइन् ।

उनी भन्छिन्, ‘यौनकर्मीहरुसँग मैले कुराकानी गरेँ । तर, उहाँहरु आफ्नो समस्या पीडा र मनोदशा सुनाउनुभयो । पात्र निर्माणमा मलाई सहयोग भयो ।’

यसरी भेटिएका यौनकर्मीहरु कलेज पढ्ने किशोरीदेखि अधवैँशे उमेरसम्म रहेका उनी सुनाउँछिन् ।

उनी भन्छिन्, ‘सबै आर्थिक समस्याले नै यो पेसामा आएको पाएँ । किशोरीदेखि अधवैँश उमेरसम्मका छन् । उनीहरु आफ्नो आर्थिक समस्या टार्नका लागि यो पेसामा आएका छन् ।’

ठूलो संख्यामा रहेका यौनकर्मीको मानसिकता र पीडाको प्रतिनिधित्व गर्न पाएकामा उनलाई सन्तुष्टि मिलेको छ ।

उनी भन्छिन्, ‘कलाकारको रुपमा म उहाँहरुको आवाज बनेकी छु । उहाँहरुका लागि मैले गर्न सक्ने काम गरेँ । कम्तीमा मैले उहाँहरुको मानसिकता र समस्या पर्दामा उतार्ने प्रयास गरेकी छु ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १ : ३० बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)