कांग्रेसको पक्षमा माहोल बनिरहेको छ : महामन्त्री पौडेल « Khabarhub

कांग्रेसको पक्षमा माहोल बनिरहेको छ : महामन्त्री पौडेल


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा माहोल बनिरहेको बताएका छन् । 

काठमाडौं बस्ने धौलागिरीवासीहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकासको १० भिजनका साथ अघि बढेको पार्टीका उम्मेदवारहरूका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको बताए ।

‘देशैभर सकारात्मक माहोल बनिरहेको छ,’ उनले भने,‘यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बनेको छ ।’

कार्यकर्ता र आम नागरिकको अपेक्षा अनुसार कांग्रेस नीतिगत रुपमा प्रष्ट भएको र देश बदल्ने भिजनमा समेत प्रष्ट भएकाले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र सुभेच्छुक सबै लाग्नुपर्ने उनले बताए ।

महामन्त्री पौडेलले सामाजिक सञ्जाल समेत विचार राख्न प्रभावकारी माध्यम भएकाले पार्टी रुपान्तरण र भिजनका विषय प्रचारमा सक्रियता बढाउन कार्यकर्ता र सुभेच्छुकहरुलाई आग्रह गरे ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ३ : १९ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म