बग्दादी मारिएपछि आइएसले गर्‍यो अल हाशेमीलाई नयाँ नेता चयन « Khabarhub

बग्दादी मारिएपछि आइएसले गर्‍यो अल हाशेमीलाई नयाँ नेता चयन


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरिया– इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गर्दै नयाँ नेतृत्व चयन गरेको छ ।

बग्दादीको मृत्युसँगै आइएसले अबु इब्राहिम अल–हाशेमी अल कुराशीलाई नयाँ नेता चयन गरेको जनाएको छ ।

सिरियामा अमेरिकी सेनाको कारबाहीका क्रममा गत शनिबार बग्दादीको मृत्यु भएको थियो । उनले एउटा सुरुङभित्र पसेर आत्मघाती विस्फोट गराएका थिए ।

अमेरिकी सैन्य कारबाहीमा सो समूहका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर पनि मारिएको आइएसले बिहीबार पुष्टि गरेको छ । अल मुजाहिरलाई बग्दादीको उत्तराधिकारीकारुपमा हेरिएको थियो ।

उनको पनि मृत्यु भएपछि चरमपन्थी समूहले अल हाशेमीलाई नयाँ नेता चयन गरेको हो । आइएसले नयाँ नेता हाशेमीलाई ‘क्यालिफ’ अर्थात् स्वघोषित ईश्वरबाट शासित व्यवस्थाको नयाँ शासक घोषणा गरेको हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ५१ बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९