महेश बस्नेतले भने- म शासक होइन, जनताको सेवक बन्न आएँ « Khabarhub

महेश बस्नेतले भने- म शासक होइन, जनताको सेवक बन्न आएँ


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा (एमाले) का सचिव एवम् भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आगामी फागुन २१ गते हुने निर्वाचनमा शासक बन्न नभई जनताको सेवक बन्न आएको बताएका छन्।

एमालेको निर्वाचन परिचालन समितिले आयोजना गरेको घरदैलो कार्यक्रममा बस्नेतले आफ्नो विगतको कार्यकालको उपलब्धि सम्झाउँदै अधुरा विकासकार्य पूरा गर्ने, पूर्वाधार, रोजगार, पर्यटन, स्वास्थ्य र शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सूर्यविनायक–धुलिखेल सडक, पुल निर्माण, विद्यालय र सम्पदा पुनर्निर्माण, स्मार्ट सिटी र युवा रोजगारसँग सम्बन्धित विभिन्न योजनालाई प्राथमिकतामा राखेको बताएका छन् ।

त्यसैगरी पार्टी कार्यालय सूर्यविनायकमा आयोजित कार्यक्रममा क्षेत्र नं–१ का उम्मेदवार सोम मिश्र, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष किरण थापा लगायतले संयुक्त रूपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।

बस्नेतले जनमुखी योजना कार्यान्वयन गरी भक्तपुरलाई विकासको मानक बनाउने लक्ष्य राखेको र ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकांक्षा पूरा गर्न आफू सक्रिय रहने दाबी गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ४ : ४७ बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख