कञ्चनपुरको स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण « Khabarhub

कञ्चनपुरको स्याली नदीका चार ठाउँमा तटबन्ध निर्माण


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– जग्गा कटानको उच्च जोखिममा रहेका शुक्लाफाँटा नगरपालिकाका चार वडामा तटबन्ध निर्माण अगाडि बढाइएको छ । चालु आर्थिक वर्षको स्वीकृत ६९ लाख बजेटमा स्याली नदीमा तटबन्ध निर्माण थालिएको हो ।

नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार वडा नम्बर १, ५, ६ र १२ मा गरी ४१० मिटर तटबन्ध निर्माण भइरहेको छ । ठेक्का प्रक्रियामार्फत निर्माण कम्पनी छनोट गरी काम अघि बढाइएको छ ।

उनका अनुसार वडा नम्बर १ मा १२५ मिटर, वडा नम्बर १२ मा १२५ मिटर, वडा नम्बर ५ मा ८० मिटर र वडा नम्बर ६ मा ८० मिटर तटबन्ध निर्माण भइरहेको छ । निर्माणको जिम्मा न्यू बम्बादेवी प्रालिलाई दिइएको छ । हाल निर्माण तीव्रगतिमा सञ्चालन भइरहेको र निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

स्याली नदीले बर्सेनि वर्षायाममा बहाव बढाउँदा तट क्षेत्रका बस्ती र खेतीयोग्य जमिन कटान गर्ने समस्या दोहोरिँदै आएको छ । विशेषगरी वडा नम्बर १, ५, ६ र १२ का विभिन्न टोल उच्च जोखिममा पर्दै आएका थिए ।

नगरपालिकाले जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमै तटबन्ध निर्माण अघि बढाएको जनाएको छ । यसबाट बस्ती संरक्षण, कृषि उत्पादनको सुरक्षा तथा दीर्घकालीन रूपमा नदी व्यवस्थापनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीयवासीले तटबन्ध निर्माण सुरु भएपछि राहत महसुस गरेको बताएका छन् ।

वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्न समयमै काम सुरु हुनु सकारात्मक भएको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ८ : ३८ बजे

कञ्चनपुरबाट ब्राउन सुगरसहित चार जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट ब्राउन

सरकारले भन्यो : वास्तविक सुकुम्बासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र सार्वजनिक जग्गा खाली गरिनेछ

काठमाडौं – सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा

रोल्पा जीप दुर्घटना अपटेड : मृतकको संख्या २० पुग्यो

दाङ – रोल्पामा आज भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको

सार्वजनिक खरिद अध्यादेश : टेण्डर सूचना पत्रिकामै छाप्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं – सरकारले ल्याएको सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३

आयातका लागि किर्ते अनुमति पत्र तयार गरेको आरोप व्यवसायी अग्रवाल पक्राउ

काठमाडौं – सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविनकुमार अग्रवाल पक्राउ परेका