एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै « Khabarhub

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप : आज दमक र गौरीगञ्जका १३ वटा टोलमा पुग्दै


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्रको दमक र  दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्दै छन् । ओलीले बिहान साढे ९ बजे दमक– ९ को चिया दोकानमा मतदातासँग भेटघाट गर्दैछन् ।

पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीले अध्यक्ष ओली आज मुख्यरूपमा गौरीगञ्जमा केन्द्रित हुने बताए । ओलीले गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदातालाई भेटघाट गर्दै छन् ।

कार्कीका अनुसार बिहान ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिनेछ । यसबीचमा उनले गौरीगञ्ज– ५ को शैँय्या टोल, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर, नयाँ बजारका मतदातासँग भेटघाट र अन्तरक्रिया गर्नेछन् । यस्तै, बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ ।

कार्कीका अनुसार गौरीगञ्ज– ३ मा बगुवातेलकानी, ठेकीटोला र तेलकानी टोलहरूमा मतदातासँग भेटघाट राखिएको  छ ।

यसअघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाउने छन् । 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ९ : ०८ बजे

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र

धरान उपमहानगरको बजेट दुई अर्ब ७६ करोड

सुनसरी– धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि दुई अर्ब ७६