तमु भाषा र संस्कृतिको संरक्षणमा तनहुँका तमु समुदाय « Khabarhub

तमु भाषा र संस्कृतिको संरक्षणमा तनहुँका तमु समुदाय


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

डुम्रे–  ‘सिक्दैछौँ आधुनिक ज्ञान, भुल्दैनौँ आफ्नो मौलिक पहिचान’ नाराका साथ सन् २०२६ लाई तमु भाषा, साहित्य, कला एवं संस्कृति वर्षका रूपमा विविध कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ । 

आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा यस वर्ष तमु भाषा, साहित्य, कला र संस्कृति वर्ष २०२६ मनाइँदैछ । यो कार्यक्रम आयोजनाको मुख्य उद्देश्य भविष्यमा सांस्कृतिक अभियन्ता र विज्ञ जनशक्ति उत्पादन गर्न उत्कृष्ट मार्गनिर्देशन गर्नु रहेको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले बताए। 

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले तमु ह्यूल छोंज धिं र शैक्षिक संस्थासँगको सहकार्यमा समुदायको सङ्गठनशीलता, एकता देखाउने र सहकार्यको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । क्याम्पस र तमु समुदायको संयुक्त प्रयासले मात्र सन् २०२६ लाई सफल ‘तमु भाषा र संस्कृति वर्ष’ बनाउन सकिने उनले विश्वास व्यक्त गरे । 

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले भाषा मरे संस्कृति मर्ने हुँदा नयाँपुस्ताका तमुले खेगी, पच्यु र क्ल्हेप्री परम्परा जोगाउन गुरुङ भाषाको ज्ञान प्राप्त गर्नु अनिवार्य भएको बताए। 

उनले भने, ‘आफ्नो मातृभाषा बोल्न लाज होइन, गर्व गर्नुपर्छ । भाषा बाँचे मात्र हाम्रो इतिहास र पहिचान बाँच्छ । यसको संरक्षण र प्रवर्द्धनमा सबैले सहकार्य र समन्वय गर्नुपर्छ ।’

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सांस्कृतिक मौलिकता हाम्रो शक्ति भएको बताउँदै क्याम्पसको नारा ‘सिक्दैछौँ आधुनिक ज्ञान, भुल्दैनौँ आफ्नो मौलिक पहिचान’ आत्मसात् गरेर अगाडि बढ्नुपर्ने धारणा राखे। 

उनले भने, ‘विश्वको जुनसुकै कुनामा पुगे पनि हाम्रो भाषा र संस्कृतिले हामीलाई सम्मानित बनाउँछ ।’

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनारले रैथाने ज्ञान र सीपलाई आधुनिक प्रविधिसँग जोडेर नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयासस्वरूप तमु वर्षको कार्ययोजना तयार गरी कार्यान्वयनमा लागिएको जानकारी दिए ।

सम्पदा नेपालका अध्यक्ष तथा पर्यटनविज्ञ हरिसिं गुरुङले गुरुङ समुदायको रोधी, घाँटु, सोरठी, कृष्णचरित्र नाचलगायत संस्कार केबल नाच नभई सभ्यताको अङ्ग भएकाले तिनीहरूको मर्म बुझ्न र जोगाउन प्रतिबद्ध रहनुपर्नेमा जोड दिए। यस अभियानले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने उनले अपेक्षा व्यक्त गरे। 

तमु विद्यार्थी सहयोग समूहका अध्यक्ष रोहन गुरुङले भाषा, साहित्य, कला र संस्कृति संरक्षणको वार्षिक कार्ययोजना नयाँ पुस्तामा पुलको भूमिकामा रहेको बताए। आँबुखैरेनी, देवघाट र व्यास नगरपालिकाका १०० भन्दा बढी तमु विद्यार्थी र समुदायका अगुवासँग समन्वय गरी कार्ययोजना तयार गरिएको हो ।

देवघाट गाउँपालिकाकी स्नातकतहमा अध्ययनरत छात्रा रिया गुरुङले भने, ‘हामी तमु, हाम्रो भाषा, साहित्य, कला र संस्कृतिमा स्पष्ट हुन सकेनौँ भने भोलि अभिभावक नहुँदाको अवस्थामा नयाँ पुस्तालाई के सिकाउने रु पुस्तान्तरणसहित भाषा, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रम प्रभावकारी माध्यम बन्ने विश्वास छ ।’ 

यसैबीच, क्याम्पसले आदिवासी जनजातिको भाषा तथा संस्कृति संरक्षण तथा विकास समितिमार्फत सन् २०२६ लाई गुरुङ ९तमु० भाषा, साहित्य, कला र संस्कृति वर्षका रूपमा घोषणा गरेको छ।
 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १२ : १५ बजे

लुम्बिनी प्रदेश मुख्यमन्त्री कप पुरुष भलिबलको उपाधि गुल्मीलाई

घोराही– दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि

इरानी र अमेरिकी प्रतिनिधिमण्डलसँग पाकिस्तानी प्रधानमन्त्रीको छुट्टाछुट्टै भेटवार्ता

इस्लामावाद– इरानी प्रतिनिधिमण्डलले शनिबार पाकिस्तानका प्रधानमन्त्रीलाई भेटेर उपराष्ट्रपति जेडी भान्सको

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि रूपन्देहीलाई

घोराही– यहाँ जारी दोस्रो मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला भलिबल

इरानी प्रतिनिधिमण्डल सवार विमानमा अमेरिकी हमलामा मारिएका विद्यार्थीको तस्बिर र झोला

काठमाडौं- अमेरिकी र इरानी अधिकारीहरूबीच उच्चस्तरीय शान्ति वार्ताको तयारी भइरहँदा

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी