टर्कीमा लडाकू जेट दुर्घटना हुँदा पाइलटको मृत्यु « Khabarhub

टर्कीमा लडाकू जेट दुर्घटना हुँदा पाइलटको मृत्यु


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल– टर्कीमा लडाकू जेट विमान ( एफ–१६) बुधबार उडान भरेको केही समय पछि दुर्घटनाग्रस्त हुँदामा पाइलटको मृत्यु भएको मिडियाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।

बालिकेसिरबाट उडान भरेको विमानको साथ रेडियो र ट्र्याकिंग जानकारी प्रस्थानको लगत्तै हराएको मन्त्रालयले जनाएको छ ।

‘खोजी र उद्धार अभियान मार्फत भग्नावशेष फेला पारी पाइलटले ज्यान गुमाएको उल्लेख गर्दै दुर्घटनाको कारण दुर्घटना परीक्षण टोलीले अनुसन्धान गरेपछि निर्धारण हुनेछ ‘, मन्त्रालयले जनाएको छ ।

 यस अघि गत नोभेम्बरमा, अजरबैजानबाट फर्कने क्रममा छिमेकी जर्जियामा एउटा दुर्घटना भए पछि टर्कीले सी–१३० कार्गो विमानको उडान स्थगित गरेको थियो, जसमा सवार सबै २० जनाको मृत्यु भएको थियो ।

अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित एफ–१६ विमानहरू पछिल्लो समयमा दुर्घटनाग्रस्त भएका छन् । जनवरीमा ताइवानको एफ–१६ नियमित मिसनको क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । 

पोल्यान्डमा अगस्टमा एयर सोको रिहर्सल गर्दा एफ–१६ दुर्घटनाग्रस्त हुँदा पनि पाइलटको मृत्यु भएको जनाइएको छ । रासस
 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  १२ : १८ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा