तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान बन्द हुन्छ : रवि लामिछाने « Khabarhub

तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान बन्द हुन्छ : रवि लामिछाने


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन्  ।  

बुधबार जनकपुरधामस्थीत जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभई समग्र मुलुकको विकासको कुरा गर्ने भन्दै अव तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका हुन् ।

उनले सिङ्गो देश र मधेसलाई विभाजन गर्ने अथवा अलग गरेर राजनीति गर्ने युगलाई अन्त्य गर्न खोजेको उल्लेख गरे । उनले इमानदारीपूर्वक देशको कुरा गर्ने र जनताको एक एक मतलाई कदर गर्दै अघि बढ्ने धारणा राखे ।

दशकौंसम्म विभेद र अन्यायमा परेको मधेशलाईसमेत प्राथमिकतामा राख्दै यहाँका धार्मिक पर्यटनलाई बढावा दिने गरी काम गरिने उनले बताए ।  

लामिछानेले रास्वपाले अघिल्लो निर्वाचनमा सुशासनको कुरा गरेपनि विभेदको कुरा गर्न चूकेको भन्दै यसपटक विभेदको अन्त्यसँगै सुशासनको स्थापनाका लागि गम्भीर भएर लाग्ने उल्लेख गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ३ : १५ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा