सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं « Khabarhub

सर्वोच्चको आदेशपछि रिहा भए दुर्गा प्रसाईं


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि बीएन्डसी मेडिकल कलेजका मालिक एवम् हिन्दु धर्म अभियन्ता दुर्गा प्रसाईं बुधबार रिहा भएका छन् ।

सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश जारी गरेको थियो ।

तर प्रक्रिया पूरा नभएकाले मंगलबार नछुटेका उनी बुधबार काठमाडौं प्रहरी परिसरबाट रिहा भएका हुन् । निर्वाचन विथोल्नसक्ने भन्दै प्रहरीले उनलाई फागुन ४ गते प्रहरीले पक्राउ गरेको थियो।

न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आदेश जारी गरेसँगै प्रसाईं रिहा भएका हुन् ।

निर्वाचन भाँड्ने आशंकासहित सरकारले प्रसाईंलाई फागुन ४ गते मध्यराति भक्तपुरको थिमीस्थित निवासमा प्रहरी पठाएर समात्न लगाएको थियो ।

त्यसयता उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए । प्रसाईंलाई एक महिनायता सरकारले पटक पटक धरपकड गरिरहेको छ।

यसअघि माघ २३ गते पनि उनलाई पक्राउ गरिएको थियो। त्यसबेला उनी सरकारी वकिलको कार्यालयबाट हाजिर जमानीमा रिहा भएका थिए ।

प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि निर्वाचन भाँड्ने आशंका सरकारको थियो । त्यहीकारण पर्सा जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले बल्खुबाट त्यसबेला समातेको थियो ।

निर्वाचनबारे विवादित कुरा बोलेपछि उनलाई त्यसबेला निर्वाचन आयोगको पत्रका आधारमा साइबर ब्यूरोले पक्राउ गरेको थियो । अनुसन्धान ताने पनि उनी त्यसबेला बयानपछि हाजिर जमानीमा छुटेका थिए ।

प्रहरीले यसपहिले गत माघ ५ गते पनि पोखरा पुगेका बेला पक्राउ गरेको थियो । त्यस समयमा प्रहरीले बयान लिएर उनलाई छाडेको थियो । यस पटक भने प्रसाईंसँगै नेकपा बहुमतका धर्मेन्द्र बाँस्तोलासहित ऋषि कट्टेललाई पनि प्रहरीले समातेको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  २ : ४७ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत