एसियन हाइवे : आठ किलोमिटर कालोपत्र पूरा « Khabarhub

एसियन हाइवे : आठ किलोमिटर कालोपत्र पूरा


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

झापा– निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । 

काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म चार हजार ५९५ मिटर सडक कालोपत्र भइसकेको छ । 

मेचीनगर, विर्तामोड, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका क्षेत्रका विभिन्न खण्डमा दाँयातर्फ एक हजार २८० र बायाँतर्फ दुई हजार ७५५ मिटर लेनमा पहिलो सतहको कालोपत्र गरिएको पन्तले जानकारी दिए । आयोजनाले आगामी असार मसान्तसम्ममा ३० किलोमिटर सडकको दुवैतर्फ पहिलो चरणको कालोपत्र गरिसक्ने लक्ष्य लिएको छ ।

सडक निर्माणसँगै सहरी क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि आधुनिक ‘ओभरपास’ निर्माण पनि भइरहेको छ । मेचीनगरको चारआली चोक र विर्तामोडको चारपानेमा ओभरपास निर्माण भइरहेको छ । चारआलीमा पूर्वतर्फ २५१ मिटर र पश्चिमतर्फ २२६ मिटर तथा चारपानेमा पूर्वतर्फ २०७ मिटर र पश्चिमतर्फ ३०८ मिटर लामो ओभरपास निर्माण भइरहेको आयोजनाले जनाएको छ । 

वन्यजन्तु संरक्षणलाई ध्यानमा राख्दै चारआली जङ्गल क्षेत्रमा हात्ती लगायतका जङ्गली जनावर ओहोरदोहोर गर्न ‘एनिमल अन्डरपास’ पुलसमेत निर्माण भइरहेको छ । यो नेपालकै सडक पूर्वाधारमा प्रयोग गरिएको आधुनिक र वातावरणमैत्री पूर्वाधार मानिएको छ । 

एसियाली विकास बैंकको १० अर्ब सहयोगमा सुरु भएको यस आयोजनाको ठेक्का एभ्रास्कन कालिका जेभीले लिएको छ । निर्माण कम्पनीले सडकमा पर्ने कल्भर्ट र साना पुलको कामलाई पनि सँगसँगै अगाडि बढाएको छ । 

मुख्य सहरी क्षेत्रमा अझै पनि करिब ४०० वटा विद्युत्का पोल सार्न बाँकी रहँदा काममा केही चुनौती देखिएको छ । आयोजना प्रमुख पन्तले विद्युत् प्राधिकरणसँग समन्वय भइरहेको र पोल सारेलगत्तै ती क्षेत्रमा पनि कामले थप गति लिने बताए।

काँकडभिट्टादेखि लौकहीसम्मको ९५.७६ किलोमिटर क्षेत्रमा निर्माणाधीन यो राजमार्ग सहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको हुनेछ । सरकारले यसको प्रभावकारी कार्यान्वयनका लागि दमक र इटहरीमा छुट्टाछुट्टै कार्यालय स्थापना गरी काम गरिरहेको छ । 
 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : १७ बजे

प्रतिनिधिसभा : जनताका घर नभत्काउन आग्रह

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग आसपासका

विपिनको असन्तुष्टि : सांसद बोलिरहने, सरकारल‍े नसुन्ने अवस्था अब स्वीकार्य हुँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले वरिष्ठ नेता वालेन्द्र

महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

बीपी क्यान्सर अस्पताल नेतृत्वका लागि सात चिकित्सक प्रतिस्पर्धामा

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर

अर्थमन्त्रीको चुनौती- करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना