इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभातिर « Khabarhub

इरानका उच्च कूटनीतिज्ञ अमेरिकासँगको वार्ताका लागि जेनेभातिर


१३ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानका विदेशमन्त्री अब्बास अराघची र उनको वार्ता टोली बुधबार तेहरानबाट जेनेभाका लागि प्रस्थान गरेका छन्।

वासिङ्टन र तेहरानले इरानको आणविक कार्यक्रमबारे सहमति जुटाउने उद्देश्यका साथ ओमानको मध्यस्थतामा दुई चरणको वार्ता गरिसकेका छन्।

अमेरिकाले इरानले युरेनियम प्रशोधन शून्यमा झार्न पटक–पटक आह्वान गर्दै आएको छ, यसका साथै, इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई सम्बोधन गर्न र उक्त क्षेत्रमा रहेका लडाकू समूहलाई समर्थन गर्न पनि माग गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु हतियार निर्माण गर्न नदिने बताए। 

इरानले बारम्बार आणविक हतियार आफ्नो रोजाइ नभएको बताउँदै आएको छ तर शान्तिपूर्ण उद्देश्यका लागि आणविक प्रविधि प्रयोग गर्ने अधिकार आफूसँग रहेको पनि बताउँदै आएको छ।

सम्झौताका लागि इरानमाथि दबाब दिँदै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा महत्वपूर्ण जलसेना परिचालन गरेका छन् । 

इरानले हालैका दिनहरूमा देशको दक्षिणी क्षेत्र र खाडीमा रणनीतिक रूपमा महत्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ नजिकै धेरै चरणको सैन्य अभ्यास गरेको छ।
 

प्रकाशित मिति : १३ फाल्गुन २०८२, बुधबार  ७ : ४८ बजे

विपिनको असन्तुष्टि : सांसद बोलिरहने, सरकारल‍े नसुन्ने अवस्था अब स्वीकार्य हुँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले वरिष्ठ नेता वालेन्द्र

महालेखाको प्रतिवेदन देखाउँदै ज्ञानेन्द्रले साँधे अर्थमन्त्री स्वर्णिममाथि निशाना

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री

बीपी क्यान्सर अस्पताल नेतृत्वका लागि सात चिकित्सक प्रतिस्पर्धामा

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीपी कोइराला मेमोरियल क्यान्सर

अर्थमन्त्रीको चुनौती- करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छु

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना

आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

चन्द्रपुर– चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र