पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै « Khabarhub

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती विस्तार हुने भएको छ ।

पोखरा महानगरले यहाँका किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि बढाएसँगै खेती विस्तार हुँदै गएको हो । 

पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए ।

‘तरबुजाखेतीप्रतिको आकर्षण बढ्दो छ’, उनले भने, ‘यस वर्ष पोखरा क्षेत्रमा करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती गर्न लागिएको छ ।’ 

यस वर्ष ३०० रोपनी क्षेत्रफलका लागि किसानलाई बीउ अनुदानमा वितरण गरिएको जानकारी दिँदै उनले अनुदानबाहेक पनि ठूलो क्षेत्रफलमा किसानहरूले आफैँले बीउ खरिद गरी तरबुजाखेती गर्न लागेको बताए । महानगरपालिकाले बिउ र मल्चिङमा ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ ।

अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नम्बर १३, १४, ३३ लगायत स्थानमा झण्डै २०० रोपनीमा तरबुजाखेती गरिएकोमा रु दुई करोड बराबरको कारोबार भएको थियो । 

किसानलाई यसतर्फको आकर्षण गराउन महआनगरपालिकाले तरबुजा मेलासमेत गर्दै आएको छ ।  उत्पादक किसानका लागि महानगरपालिकाले तरबुजाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३५ रुपैयाँ तोकेको छ । पोखरामा विशेषतः सरस्वती जातको तरबुजा धेरै लगाउने गरिएको कडरियाले जानकारी दिए । रासस
 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ११ : २४ बजे

एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबको सहज जित

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा थप कडाइ, स्वीकृत संस्थाबाट मात्रै जाँच गर्न निर्देशन

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने

मोरङ १ : पुरानालाई विरासत जोगाउने चुनौती, मतदाताको असन्तुष्टिमा खेल्दै नयाँ दल

मोरङ- मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यतिबेला चुनावी माहोल तातेको छ।

स्वच्छ निर्वाचन गराउन आयोग ‘क्रियाशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष र

झापा-५ मा सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती (तस्बिरहरू)

काठमाडौं- यही फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५