कांग्रेसकी नानुमैयाको चुनावी दौडधुप, यस्ता छन् एजेन्डा (तस्बिरहरू) « Khabarhub

कांग्रेसकी नानुमैयाको चुनावी दौडधुप, यस्ता छन् एजेन्डा (तस्बिरहरू)


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– फागुन २१ को निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ पनि चर्चामा रहेको क्षेत्र हो । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।  

यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट नानु बास्तोला उम्मेदवार छिन् । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको उत्साहले उनी उत्साहित छिन् । पार्टीमा युवा पुस्ता र महिलाको प्रतिनिधित्व बढेको उनी बताउँछिन् । 

आफू यही क्षेत्रको स्थायी बासिन्दा भएको यहाँका जनताको भावना बुझेको अनि जनताका आवाज सुनेको उनी बताउँछिन् । अब तिनलाई कानुनमार्फत सम्बोधन गर्ने समय आएको र त्यसका लागि आफू संसदमा पुग्न चाहेको उनको भनाइ छ । उनी कांग्रेसकी केन्द्रीय सदस्य पनि हुन् ।

काठमाडौं-९ मा कलंकी थानकोट नाका पर्ने क्षेत्र भएकाले यसलाई ‘कनेक्टिङ हब’का रुपमा यस क्षेत्रको ट्राफिक व्यवस्थापन पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । 

सुविधा सम्पन्न पार्किङ, वैकल्पिक बाटो निर्माण, तरकारी बजार व्यवस्थापन, नदी वरिपरिका बस्ती र टेकु तथा विष्णुदेवी घाटको संरक्षण र व्यवस्थापनमा काम गर्न आवश्यक रहेको बास्तोलाको भनाइ छ । सुशासन र भ्रष्टाचार नियन्त्रण पनि बास्तोलाका एजेन्डा हुन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्याल (डिपी) छन् भने नेकपा एमालेका अजयक्रान्ति शाक्य छन् । नेपाली कम्युनिष्ट पार्टीले राधाकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । 

तस्बिरहरु : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  १ : १४ बजे

विश्वपक फुटबल : अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम अन्तिम ८ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको