कांग्रेसकी नानुमैयाको चुनावी दौडधुप, यस्ता छन् एजेन्डा (तस्बिरहरू) « Khabarhub

कांग्रेसकी नानुमैयाको चुनावी दौडधुप, यस्ता छन् एजेन्डा (तस्बिरहरू)


१४ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– फागुन २१ को निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ९ पनि चर्चामा रहेको क्षेत्र हो । यो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २४ जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।  

यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट नानु बास्तोला उम्मेदवार छिन् । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको उत्साहले उनी उत्साहित छिन् । पार्टीमा युवा पुस्ता र महिलाको प्रतिनिधित्व बढेको उनी बताउँछिन् । 

आफू यही क्षेत्रको स्थायी बासिन्दा भएको यहाँका जनताको भावना बुझेको अनि जनताका आवाज सुनेको उनी बताउँछिन् । अब तिनलाई कानुनमार्फत सम्बोधन गर्ने समय आएको र त्यसका लागि आफू संसदमा पुग्न चाहेको उनको भनाइ छ । उनी कांग्रेसकी केन्द्रीय सदस्य पनि हुन् ।

काठमाडौं-९ मा कलंकी थानकोट नाका पर्ने क्षेत्र भएकाले यसलाई ‘कनेक्टिङ हब’का रुपमा यस क्षेत्रको ट्राफिक व्यवस्थापन पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । 

सुविधा सम्पन्न पार्किङ, वैकल्पिक बाटो निर्माण, तरकारी बजार व्यवस्थापन, नदी वरिपरिका बस्ती र टेकु तथा विष्णुदेवी घाटको संरक्षण र व्यवस्थापनमा काम गर्न आवश्यक रहेको बास्तोलाको भनाइ छ । सुशासन र भ्रष्टाचार नियन्त्रण पनि बास्तोलाका एजेन्डा हुन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डोलप्रसाद अर्याल (डिपी) छन् भने नेकपा एमालेका अजयक्रान्ति शाक्य छन् । नेपाली कम्युनिष्ट पार्टीले राधाकृष्ण महर्जनलाई उम्मेदवार बनाएको छ ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका थिए । 

तस्बिरहरु : प्रकाश चन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  १ : १४ बजे

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका

संसदीय विशेष समितिले माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षति र राहत वितरणको विवरण

काठमाडौँ– राष्ट्रिय सभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्ड तटीय क्षेत्रमा विपद्सम्बन्धी अध्ययन