वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा थप कडाइ, स्वीकृत संस्थाबाट मात्रै जाँच गर्न निर्देशन « Khabarhub

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा थप कडाइ, स्वीकृत संस्थाबाट मात्रै जाँच गर्न निर्देशन


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रियामा थप कडाइ गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणलाई व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउन  स्वीकृत स्वास्थ्य संस्थाबाट मात्रै परिक्षण गरिनुपर्ने स्पष्ट पारेको हो ।

मन्त्रालयका अनुसार स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२ अनुसार सूचीकृत संस्थामार्फत स्वास्थ्य परीक्षण हुँदै आए पनि पछिल्लो समय केही गन्तव्य मुलुक, विशेषगरी जीसीसी  राष्ट्र र मलेसियासम्बन्धी प्रक्रियामा अनधिकृत निकाय, व्यक्ति वा संस्थाको संलग्नता बढेको पाइएको छ।

यस्ता गतिविधिका कारण स्वास्थ्य परीक्षण मापदण्ड आफूखुसी परिवर्तन गर्ने, नयाँ संस्था थप्ने तथा सेवा शुल्कसमेत मनोमानी रूपमा निर्धारण गर्ने प्रवृत्ति देखिएको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि अतिरिक्त आर्थिक भार पर्ने अवस्था सिर्जना भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले द्विपक्षीय सहमति तथा प्रचलित कार्यविधिविपरीत हुने कुनै पनि गतिविधि नगर्न तथा आवश्यक निर्णयहरू मन्त्रालयको पूर्वस्वीकृतिमा मात्रै गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

साथै, नेपालस्थित कूटनीतिक नियोगमार्फत गन्तव्य मुलुकलाई समेत जानकारी गराई स्वीकृत व्यक्ति वा संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गराउने व्यवस्था कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गरिएको जनाइएको छ ।

मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीलाई थप विश्वसनीय, सहज र श्रमिकमैत्री बनाउने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  २ : ५६ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३