‘डन आयो डन’ पनि दर्शकले रुचाउनुभएको छ: दुर्गेश थापा | Khabarhub Khabarhub

‘डन आयो डन’ पनि दर्शकले रुचाउनुभएको छ: दुर्गेश थापा


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत बजारमा ल्याएपछि विवादमा तानिएका मोडल तथा गायक दुर्गेश थापा फेरि नयाँ गीतको तयारीमा जुटेका छन् । तीजमा ‘बिच्च बिच्चमा’ गाएर भाइरल भएपछि दुर्गेश थापा धेरैको रोजाइमा परे ।

‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीतले भने उनलाई विवादमा ल्यायो । गीतमा गाँजा सेवन गर्न उत्साहित गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनले उक्त गीत युट्युबबाट हटाए । गीतमा भएका शब्द हटाएर उनले पुनः सो गीतलाई ‘डन आयो डन’ बोलमा अपलोड गरे ।

यो गीत पनि दर्शकले मन पराएको दुर्गेशले बताएका छन् । गीतलाई झण्डै २५ लाखले हेरिसकेका छन् । पहिलेको गीत पनि ३० लाखले हेरेको दुर्गेशले बताए । ‘तिहारमा पनि यो गीत खुबै बज्यो, कतिले त भिडियो बनाएर पनि मलाई पठाउनुभएको छ, शब्द काँटछाँट गरेर अपलोड गरिएको गीत पनि दर्शकले मन पराउनुभएको छ,’ दुर्गेशले भने ।

साथै उनले तीनवटा गीत तयारी अवस्थामा रहेको र एउटा गीत लगत्तै सार्वजनिक गर्ने पनि बताए । ‘गीत त तयार छन्, अब दर्शकको माग अनुसार कुन गीत पहिले सार्वजनिक गर्ने भन्नेमा छलफल गर्दैछौं,’ उनले सुनाए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ११ : ५७ बजे

पटकासहित एक जना पक्राउ

पर्सा– वीरगन्ज महानगरपालिका-१ बाट करिब १ लाख ३९ हजार ९ सय

गाजामा युद्धविराम कायम राख्नु जीवनरक्षाका लागि अत्यावश्यक : संयुक्त राष्ट्रसङ्घ

जेनेभा- संयुक्त राष्ट्रसङ्घले गाजामा हाल कायम रहेको युद्धविरामलाई ‘जीवनरक्षाका लागि

आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर

नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल

भद्रपुर– यहाँस्थित भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो