उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु « Khabarhub

उत्तर–पूर्वी नाइजेरियामा भएको आक्रमणमा २५ जनाको मृत्यु


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नाइजेरिया – उत्तर–पूर्वी नाइजेरियाको अदामावा राज्यमा भएका दुईवटा छुट्टै जिहादी आक्रमणमा कम्तीमा २५ जनाको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै एएफपीले बिहीबार जनाएको छ ।

क्यामरुनसँगको सीमावर्ती क्षेत्रका मडागाली र होङ सहरहरूमा भएका आक्रमणको श्रेय बोको हराम जिहादीहरूलाई दिइएको छ, जसका लडाकुहरू सन् २००९ देखि हिंसात्मक विद्रोह सहित यस क्षेत्रमा सक्रिय छन् ।

आक्रमणकारीहरूले बजार लुटेर खानेकुरा र मोटरसाइकल चोरी गरेको समेत स्रोतले जनाएको छ ।

छिमेकी होङमा तीन सैनिकसहित अन्य चारजनाको मृत्यु भएको जनाइएको छ ।

गभर्नर आदामु उमारु फिन्टिरीले विज्ञप्ति जारी गर्दै आधिकारिक आक्रमणको निन्दा गरेका छन् ।

विज्ञप्तिमा अपराधीहरूलाई चेतावनी दिदै आक्रमणबाट टाढा रहन आग्रह गर्दै आक्रमणको पूर्ण सामना गर्नुपर्ने जनाइको छ ।

सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोह, मुख्यतया बोको हराम र यसको प्रतिद्वन्द्वी गुट, इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लूएपी)को नेतृत्वमा देशमा ४० हजार भन्दा बढी मानिस मारिएका छन् भने २० लाख विस्थापित भएका छन् ।

द्वन्द्व छिमेकी नाइजर, चाड र क्यामरुन सम्म फैलिएको छ, भने यी समूहहरूसँग लड्न क्षेत्रीय सैन्य गठबन्धन गठन गरिएको छ । रासस/एएफपी

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ९ : ३६ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज