भक्तपुर–१ मा रुकेश रञ्जितको दाबी : जित हाम्रै हो, नेमकिपाको किल्ला तोड्छौँ « Khabarhub

भक्तपुर–१ मा रुकेश रञ्जितको दाबी : जित हाम्रै हो, नेमकिपाको किल्ला तोड्छौँ


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भक्तपुर क्षेत्र नंवर १ बाट रास्वपा उम्मेदवार रुकेश रञ्जितले यसपटकको निर्वाचनमा नेमकिपाको किल्ला तोड्ने दाबी गरेका छन् ।  

शुक्रबार भक्तपुरमा घरदैलोका क्रममा रञ्जितले लामो समयदेखि एउटै दलले विजयी हासिल गर्दा सोचेजस्तो विकास हुन नसकेको भन्दै केन्द्रले देख्ने गरी क्षेत्रलाई अघि बढाउन यस पटक रास्वपाले जित हासिल गर्ने समेत बताए । 

एक्लो सिटले मात्रै सबै विकास सम्भव नदेखिएकाले जनताले पनि आफूहरूलाई विजयी गराउने उनको भनाइ छ । 

उनले अघिल्लो निर्वाचनमा भन्दा यस पटक जनताको उत्साह बढेको बताए । 

भक्तपुर क्षेत्र नं १ मा २०४८ सालदेखि लगातार नेपाल मजदुर किसान पार्टीका उम्मेदवार विजयी हुँदै आएका छन् । 

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  १ : ४३ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन