चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा श्रेष्ठलाई सम्मान « Khabarhub

चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा श्रेष्ठलाई सम्मान


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चौथो विराट म्युजिक एण्ड फिल्म अवार्डमा नेपाल चेम्बर अफ कमर्स अन्तर्गत आईटी तथा सफ्टवेयर निर्यात समितिका अध्यक्ष विज्ञान श्रेष्ठलाई विशिष्ट वाणिज्य सम्मान प्रदान गरिएको छ ।

उक्त सम्मान माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाबाट प्रदान गरिएको हो । सूचना प्रविधि, सफ्टवेयर निर्यात तथा व्यावसायिक नेतृत्वमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको कदरस्वरूप श्रेष्ठलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

श्रेष्ठ हाल नेपाल चेम्बर अफ कमर्सको आईटी तथा सफ्टवेयर निर्यात समितिको अध्यक्षका रूपमा सक्रिय छन् । 

उनले डिजिटल अर्थतन्त्र, नवप्रवर्तन र निर्यात प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै निर्णायक समितिले विशिष्ट वाणिज्य सम्मानका लागि छनोट गरेको जनाइएको छ ।

चौथो संस्करणको विराट म्युजिक एण्ड फिल्म अवार्डको आयोजना सेलिब्रेटी नेपाल प्रतिष्ठानले गरेको हो भने कार्यक्रम व्यवस्थापन चोया डिजिटल सोलुसन प्रालिले गरेको थियो ।

संगीत, फिल्म र सृजनात्मक क्षेत्रसँगै व्यवसाय र प्रविधिमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पनि सम्मान गर्दै आएको विराट म्युजिक एण्ड फिल्म अवार्डले यसवर्ष पनि विविध विधामा योगदानको कदर गरेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  २ : ०९ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु