पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा « Khabarhub

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा


१५ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश बनाउने स्पष्ट भिजनमा पार्टी अघि बढेको बताएका छन् ।  

शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित पार्टीको प्रदेशस्तीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सबैलाई समेटेर जनताले चाहेको जस्तो देश बनाउन पाँच वर्षको स्पष्ट भिजनका साथ पार्टी अघि बढेको बताएका हुन ।

उनले संविधान संशोधन गर्दै देशलाई अघि बढाउन सबैको साथ आवश्यक रहेकाले निषेधको राजनीति गर्ने मनोवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिए ।

नयाँका नारामा बहकिदा यसअघि देशका महत्त्वपूर्ण समय खेर गएको भन्दै सभापति थापाले पुराना र नयाँको नारामा नभई स्पष्ट भिजन भएका पार्टीलाई चयन गर्न आग्रह समेत गरे  ।

उनले अहिले देखिएका समस्याको पहिचान गर्दै कानुन संशोधन गर्नुपर्ने जरुरी रहेको बताए । सभापति थापाले कुनै एक व्यक्तिले मात्रै चमत्कार गर्न नसक्ने भएकाले पद्धतिमा सुधार गर्नुपर्ने धारणा राखे । 

अहिलेको अवस्थामा कांग्रेसलाई भोट नहाल्नुपर्ने एउटा पनि कारण नरहेकाले कसैलाई गाली नगरी मतदातालाई सम्झाउन उनले नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ३ : ५३ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली