आज २०८२ साल फागुन १६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल फागुन १६ गते शनिबारको राशिफल


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल फागुन १६ गते शनिबार फागुन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२६ फेब्रुअरी २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन तनावपूर्ण बन्ने जोखिम छ। आम्दानीका स्रोतसँगै खर्च पनि बढ्नेछ। धार्मिक क्षेत्रको व्यापारबाट भने फाइदा हुनेछ। स्वास्थ्यमा सुधार भए पनि राजनीतिक क्षेत्रमा भय बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : गुरुको साथ मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। मानसम्मान बढ्ने दिन छ। अपेक्षा अनुसार बन्धुको साथ मिल्नेछ। परिवारको काम देखेर मन अशान्त बन्नेछ। घर व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

मिथुन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : भाग्य बलियो भएकाले सोचेको काम बन्नेछ। बोलीको प्रभाव हुने भएकाले परोपकार भावले अघि बढ्नु होला। आफ्नो क्षमता पहिचान गर्न नसक्दा संकट पर्ने जोखिम छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : दिन सहज नभएकाले थोरै बोल्नु उचित हुनेछ । राम्रो कामको जस अरुले लिने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । अरुको गल्तीको भागिदार बन्नुपर्ने भएकाले मन अशान्त बन्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

कन्या : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। परिवारसँग रमाइलो घुमघाम तय हुनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ।

तुला : दिन राम्रो छ। सहजै काम बन्नेछ। राज्यको जिम्मेवारी प्राप्त हुनेछ। मानसम्मान प्राप्त हुनेछ। प्रशंसा गर्नेहरु बढ्नेछन्। परिवारमासमेत रमाइलो वातावरण बन्नेछ।

वृश्चिक : प्राविधिक शिक्षाको क्षेत्रमा गरेको लगानी सफल हुनेछ। खुट्टा तान्ने साथीसँग गोपनीयता भंग भएमा घाटा हुनेछ। परिवारसँग सल्लाह गरेर गरेको कामले मनमा उत्साह बढ्नेछ।

धनु : सहकर्मीसँगको सहकार्यले दिन सहज बन्नेछ। औषधी नियमित नहुँदा रोगले सताउने जोखिम छ। आफन्तबाट धोका हुनसक्छ। कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने समय छ।

मकर : चिट्ठामा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा हुनेछ। राजनीतिक क्षेत्रमा गरेको साहसले तपाईंको उचाइ बढ्नेछ। बौद्धिक साथीले प्रशंसा गर्ने हुँदा शिक्षाको क्षेत्रमा हिम्मत गर्नु उचित हुनेछ।

कुम्भ : शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। खर्च बढ्नेछ। मानसम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा नम्रता आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : खर्च बढ्ने छ। राम्रो बोले पनि विरोध हुनेछ। धार्मिक कार्यमा सहभागी भएर यात्राको सुरुवात गरेमा सफल बन्नेछ। गुरुको सल्लाहले परिवारमा शान्ति मिल्नेछ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ६ : ०१ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा