मदर टेरेसाका मननीय भनाइहरु « Khabarhub

मदर टेरेसाका मननीय भनाइहरु


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० मा भएको थियो । मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो ।

उनले १९५०मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन । ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मदत गरेकी थिइन् ।

१९७० सम्म उनी गरीबहरू र असहायहरूको लागि आफ्नो मानवीय कार्यहरूको लागि प्रसिद्द भईन, माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो ।

उनलाई १९७९मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरिएको थियो । मदर टेरेसाका कतिपय भनाइहरु आज पर्यन्त चर्चित छन् । हामी यहाँ उनका केही भनाइहरुलाई उल्लेख गर्दै छौं ।

१. यो जीवन अरुको लागि होइन भने यो जीवन नै होइन ।
२. शान्ति मुस्कानबाट शुरुवात हुन्छ ।
३. हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।
५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं कि हामी एक अर्काका लागि हौं ।
८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठीन हुन्छ ।
९. यदि तिमीले व्यक्तिलाई मुल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
१०. प्रेम सबैले टिप्न सक्ने सदाबहार फल हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : ०८ बजे

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह

काठमडौँ– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कञ्चनपुर जिल्ला अदालत : मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगर– कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२–८३ मा ६९.३४ प्रतिशत

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा