मदर टेरेसाका मननीय भनाइहरु | Khabarhub Khabarhub

मदर टेरेसाका मननीय भनाइहरु


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मदर टेरेसाको जन्म २६ अगस्ट, १९१० मा भएको थियो । मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो ।

उनले १९५०मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन । ४५ वर्षसम्म गरीब, बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मदत गरेकी थिइन् ।

१९७० सम्म उनी गरीबहरू र असहायहरूको लागि आफ्नो मानवीय कार्यहरूको लागि प्रसिद्द भईन, माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो ।

उनलाई १९७९मा नोबेल शान्ति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरिएको थियो । मदर टेरेसाका कतिपय भनाइहरु आज पर्यन्त चर्चित छन् । हामी यहाँ उनका केही भनाइहरुलाई उल्लेख गर्दै छौं ।

१. यो जीवन अरुको लागि होइन भने यो जीवन नै होइन ।
२. शान्ति मुस्कानबाट शुरुवात हुन्छ ।
३. हिजो गइसक्यो, भोलि आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।
५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं कि हामी एक अर्काका लागि हौं ।
८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठीन हुन्छ ।
९. यदि तिमीले व्यक्तिलाई मुल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
१०. प्रेम सबैले टिप्न सक्ने सदाबहार फल हो ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  २ : ०८ बजे

महिला टी–२० विश्वकप छनोट : बहराइनविरुद्ध नेपालको जित 

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित

६ महिनापछि घर फर्किए टिङ्करवासी

दार्चुला– दार्चुलाको उत्तरी सिमानामास्थित टिङ्कर गाउँका स्थानीय ६ महिनापछि गाउँ

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र

हुलाकी सडकले सुगम बन्यो बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारि अवस्थित नरैनापुर गाउँपालिका

खोटाङमा आजदेखि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

खोटाङ– नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो