मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने « Khabarhub

मध्यपूर्वमा जारी तनावका कारण त्रिभुवन विमानस्थलका अन्तर्राष्ट्रिय उडान प्रभावित हुने


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने केही अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज सूचना जारी गर्दै उक्त क्षेत्रतर्फ हुने केही उडान ढिलाइ, पुनःतालिका (रिस्केड्युलिङ) वा रद्द हुन सक्ने जनाएको छ।

कार्यालयले यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको अवस्थाबारे अनिवार्य रूपमा पुष्टि गर्न आग्रह गरेको छ।

सूचनामा एयर अरेबिया, फ्लाइ दुबई, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, कतार एयरवेज, टर्किस एयरलाइन्स, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ७ : ०७ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच