ज्येष्ठ अभिभावकलाई प्रमुख अतिथि बनाएर लालीगुराँसको वार्षिकोत्सव « Khabarhub

ज्येष्ठ अभिभावकलाई प्रमुख अतिथि बनाएर लालीगुराँसको वार्षिकोत्सव


१६ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


552
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको नरेफाँटस्थित लालीगुराँस बाटिका माध्यमिक विद्यालयले २० औँ वार्षिकोत्सव समारोह शुक्रबार प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रमसहित आयोजना गरेको छ।

विद्यालयकै जेष्ठ अभिभावक ८५ वर्षीया वृद्धालाई प्रमुख अतिथि बनाएर गरिएको कार्यक्रममा पीजीदेखि कक्षा १२ सम्मका विद्यार्थीले आफ्ना कला र प्रतिभा प्रस्तुत गरे ।

कार्यक्रममा विद्यार्थीहरूले गायन,  नृत्यदेखि नाटक तथा तेक्वान्दोका प्रस्तुति देखाए। त्यस्तै नेपाली सेनाबाट तालिमप्राप्त राष्ट्रिय सेवा दलका विद्यार्थीहरूले मार्च पास र सलामीसहित राष्ट्रगान गाए ।

कार्यक्रममा अभिभावकसमेत रहेका चर्चित हाँस्यकलाकार सुवोध गौतमले उपस्थित सबैजनालाई मनोरञ्जन गराए । कार्यक्रममा कार्टुनिस्टसमेत रहेका शिक्षक आशिष खनालले ‘आजकलका विद्यार्थी’ शीर्षकको व्यंग्य कविता वाचन गरेका थिए ।

अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरूले दुईवटा नाटकसमेत देखाए। हेमन्त गौतम निर्देशक र अमृता पौडेल सहायक निर्देशक रहेको ‘जातीय विविधता, हाम्रो पहिचान’ शीर्षकको देशभक्तिपूर्ण नाटकले करिब एक हजार अभिभावकबाट प्रशंसा पायो ।

कार्यक्रममा विभिन्न भेषभूषामा सजिएका कलाकार विद्यार्थीहरुले सांस्कृतिक, मौलिक र जातीय झाँकीसहितको नृत्य प्रस्तुति पनि गरेका विद्यालयका प्राचार्य हरि शिवाकोटीले जानकारी दिएका छन्।

प्रकाशित मिति : १६ फाल्गुन २०८२, शनिबार  ९ : ०३ बजे

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं-  विभिन्न ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको

पर्वतका पाँच सामुदायिक वनमा पोखरी निर्माण

पर्वत– वन क्षेत्रमा पानीको उपलब्धता बढाइ वन्यजन्तु संरक्षण, जैविक विविधताको

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको