निर्वाचन र होलीलक्षित स्वास्थ्य तयारी सुदृढ गर्न मन्त्रालयको निर्देशन « Khabarhub

निर्वाचन र होलीलक्षित स्वास्थ्य तयारी सुदृढ गर्न मन्त्रालयको निर्देशन


१७ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा निर्वाचन तथा होली पर्वलाई लक्षित गर्दै स्वास्थ्य आपत्कालीन तयारी सुदृढ बनाउन देशव्यापी समन्वय बैठक सम्पन्न गरेको छ ।

मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन प्रमुख डा.प्रकाश बुढाथोकीको अध्यक्षतामा हब अस्पताल सञ्जाल तथा सातै प्रदेशका सार्वजनिक स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र (एचइओसी) सँग भर्चुअल माध्यमबाट समन्वयात्मक बैठक सम्पन्न भएको हो ।

बैठकमा देशभरका २५ वटा हब अस्पताल तथा सातै प्रदेशका एचइओसीबाट निर्वाचन तथा चाडपर्व लक्षित स्वास्थ्य तयारी सम्बन्धी विषयगत प्रस्तुतीकरण गरिएको मन्त्रालयले जनाएको छ । 

छलफलका क्रममा आगामी निर्वाचनको स्वास्थ्य व्यवस्थापन, मन्त्रालयले परिपत्र गरेअनुसार जेनजी घाइतेको नामावली छुट सम्बन्धी निवेदन, होली पर्वका समयमा हुनसक्ने स्वास्थ्य जोखिम तथा आपत्कालीन प्रतिकार्य व्यवस्थापनका विषयमा विस्तृत समीक्षा गरिएको थियो ।

निर्वाचन र पर्वका समयमा सम्भावित स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सबै स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन डा. बुढाथोकीले निर्देशन दिए । उनले आकस्मिक सेवा तयारी सुदृढ गर्न, एम्बुलेन्स तथा आपत्कालीन मेडिकल टोली इएमटी तयारी अवस्थामा राख्न, आवश्यक रगत तथा औषधि आपूर्ति सुनिश्चित गर्न विशेष जोड दिए । 

साथै हब तथा स्याटेलाइट अस्पताल र एचइओसीबीच प्रभावकारी सूचना आदान–प्रदान तथा नियमित रिपोर्टिङ प्रणालीलाई थप मजबुत बनाउन पनि निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले निर्वाचन र चाडपर्व अवधिमा नागरिकलाई निरन्तर र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित तयारीलाई तीव्र बनाइएको जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ३ : ५४ बजे

‘आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ र अनुशासित बनाउँछ’

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आध्यात्मिक शिक्षाले मानिसलाई स्वस्थ

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३