पर्सामा एक हजार ९० अस्थायी मतदाता « Khabarhub

पर्सामा एक हजार ९० अस्थायी मतदाता


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पर्सा– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक हजार ९० जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारले पर्सामा सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकाय लगायतका एक हजार ९० जना अस्थायी मतदाताले प्रतिनधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने बताइन् ।

निर्वाचनको लागि मतदान केन्द्रमा खटिने कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरेका छौँ,’ उनले भनिन्, ‘अन्य मतदाताको हकमा भने वीरगञ्ज कारागार र जिल्ला हुलाक कार्यालय पर्साको प्राङगणमा मतदान गर्ने व्यवस्था मिलाएका छौँ ।’ वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले वीरगञ्ज कारागारमा रहेका ३५ जना कैदीबन्दी मतदानमा सहभागी हुने जानकारी दिए ।

‘मतदाता नामावलीमा नाम समावेश गरेका ३५ जना कैदीबन्दी समानुपतिकतर्फको निर्वाचनमा मतदान गर्दै छन्,’ उनले भने, ‘कैदीबन्दीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था अनुसार कारागारमा नै अस्थायी मतदान केन्द्र तोकेर मतदानको व्यवस्था मिलाइएको छ ।’

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा भयरहित निर्वाचनको लागि आवश्यक वातावरण तयार पारेको जानकारी दिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्सामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा गर्ने गरी आवश्यक तयारी गरेको बताए ।

जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा १०७ जना उम्मेदवार रहेका छन् । जसमध्ये ४६ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । स्वतन्त्र उम्मेदवारमध्ये पनि सात जना महिला र ३९ जना पुरुष उम्मेदवार रहेका छन् ।

त्यस्तै राजनीतिक दलको तर्फबाट ६१ जना उम्मेदवार रहेका छन् । यसमध्ये पाँच जना महिला उम्मेदवार र ५६ जना पुरुष उम्मेदवार छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ८ : ०० बजे

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी

‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै समस्या छैन’  

काठमाडौं– नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वित्तीय