इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन « Khabarhub

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन


१८ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै वार्ता नगर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनको यो वक्तव्य ती समाचारहरूको जवाफमा आएको हो, जसमा इरानले अमेरिकासँग पुनः वार्ता सुरू गर्ने प्रयास गरेको दाबी गरिएको थियो।

लारिजानीले ट्रम्पमाथि कटाक्ष गर्दै उनका ‘झुटो वाचा’ले समग्र क्षेत्र अस्थिर बनाएको बताउँदै अहिले अमेरिकी सैनिकहरूको मृत्युबारे चिन्तित देखिएको बताएका छन्।

उनले ‘अमेरिका फर्स्ट’को नारालाई ‘इजरायल फर्स्ट’मा परिणत गरिएको आरोप लगाउँदै इजरायलको शक्ति बढाउन अमेरिकी सैनिकको बलिदान दिइएको दाबीसमेत गरेका छन्।

उता एकजना अमेरिकी सांसदले इरानद्वारा अमेरिकामाथि हमला गर्ने कुनै योजना नरहेको जानकारी दिएका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी सांसदहरूलाई दिइएको जानकारीमा इरानले अमेरिकामाथि हमला गर्ने योजना नाएको कुनै संकेत नभएको बताइएको छ।

रिपोर्टअनुसार पेन्टागनका अधिकारीहरूले बन्द ढोकाभित्र भएको ब्रिफिङमा संसदका कर्मचारीहरूलाई इरानका ब्यालेस्टिक मिसाइल र प्रोक्सी समूहहरू अमेरिकी हितका लागि खतरा हुन सक्ने बताएका थिए।

उनीहरूले तेहरानले पहिले अमेरिकी सेनामाथि हमला गर्ने योजना बनाएको देखाउने कुनै जासुसी सूचना नभएको स्वीकार गरेका छन्।

यो रिपोर्टले ट्रम्प प्रशासनका ती दाबीमाथि प्रश्न उठाएको छ, जसमा तेहरानले अमेरिकी सेनामाथि हमला गर्ने तयारी गरेको भनिएको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार  ११ : ३८ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा