रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ « Khabarhub

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेज ह्याकको प्रयास भएको छ । उनको सचिवालयले ह्याक गर्ने प्रयास भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फेसबुकले उक्त पेजलाई लक गरिदिएको छ ।

रवि लामिछानेको सचिवालयले मंगलबार एक सूचना जारी गर्दै सभापति लामिछानेको पेजमा आज बिहानैदेखि पटक–पटक अनधिकृत पहुँच बनाउने प्रयास भइरहेको जानकारी गराएको हो।

पेज पूर्ण रूपमा सुरक्षित नभएसम्म नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनै पनि नयाँ सामग्री पोस्ट नहुने जनाएको छ ।

फेसबुकको सुरक्षा प्रक्रिया पूरा गरेर पेजलाई पुनः सञ्चालनमा ल्याउने प्रयास सूचनामा उल्लेख छ ।

रविको सचिवालयले सर्वसाधारण तथा शुभचिन्तकलाई उक्त पेजबाट कुनै पनि शंकास्पद पोस्ट, सन्देश वा लिङ्क सार्वजनिक भएमा त्यसलाई आधिकारिक नठान्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १० : ४८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली