बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी « Khabarhub

बेरुतमा इजरायको भीषण हमला सर्वसाधारणलाई ठाउँ छाड्न उर्दी

इजरायल-लेबनान तनाव: एक घण्टामा तीन पटक आक्रमण


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

बेरुत – इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आफ्नो सैन्य आक्रमणलाई थप तीव्र बनाएको छ। पछिल्लो एक घण्टामा इजरायली लडाकु विमानले बेरुतको दक्षिणी उपनगर क्षेत्रमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गरेका छन्।

‘अल जजिरा’ का अनुसार बेरुतको दक्षिणी उपनगर क्षेत्रमा इजरायलले नयाँ चरणका आक्रमणहरू सुरु गरेको हो । यसअघि सोही क्षेत्रका अन्य दुई स्थानमा पनि इजरायलले भीषण बमबारी गरेको थियो।

इजरायली सेनाले उक्त्त क्षेत्रका बासिन्दालाई तत्काल उक्त स्थान छाड्न ‘विस्थापन आदेश’ जारी गरेको छ। इजरायलले ती क्षेत्रहरूमा सशस्त्र समूह ‘हिजबुल्लाह’ का सैन्य ठेगाना रहेको दाबी गर्दै आएको छ।

पछिल्लो समय इजरायली आक्रमणका कारण बेरुत र वरपरका क्षेत्रबाट हजारौँ मानिस विस्थापित भइसकेका छन्। आक्रमणबाट भएको मानवीय क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ११ : २० बजे

देउवालाई लिन गगन-विश्व विमानस्थल नपुगेको भन्दै रिसाए दुजाङ

काठमाडौं– नेपाल विद्यार्थी संघका नेता दुवाङ शेर्पाले कांग्रेस गगनकुमार थापा

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले