निर्वाचनका लागि मोरङमा तयारी पूरा « Khabarhub

निर्वाचनका लागि मोरङमा तयारी पूरा


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ । 

मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, घेराबारा लगायत सामग्रीहरू सम्बन्धित मतदान केन्द्रमा पठाइएको छ भने मतदान स्थल निर्माण गर्ने कार्य पनि सुरु भएको छ । 

फागुन २० गते सम्म सबै मतदान स्थलहरूमा मतदान केन्द्र बनाई सक्ने तयारी रहेको छ । मतदान अघि नै राजनीतिक दलका प्रतिनिधिहरूको सहमतिमा मतदान स्थलको मुचुल्का, मौन अवधि र अन्य सुरक्षाका विषयमा सहमति गरी सूचना निकाल्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई एकीकृत सुरक्षा योजना अनुसार गाँउगाँउमा परिचालन गरिएको छ । 

मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ८ सय ९० वटा मतदान केन्द्रहरु राखिएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  १२ : १७ बजे

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ

देउवा आउने भएपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किने भएपछि विमानस्थलमा