निर्वाचनका लागि सीमा नाका ७२ घण्टा बन्द « Khabarhub

निर्वाचनका लागि सीमा नाका ७२ घण्टा बन्द


१९ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै छिमेकी मुलुकसँग सीमा जोडिएका नाकाहरू बन्द गरिएको छ ।

निर्वाचन अवधिमा हुन सक्ने सम्भावित घुसपैठलाई मध्यनजर राखेर सीमा नाका सिल गरिएको हो । फागुन १८ गते राति १२ बजे देखि २१ गते राति १२ बजे सम्म ७२ घण्टाका लागि सिमाना सील गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

सीमा सिल गरिएपछि आयात निर्यात ठप्प भएका छन् भने आवतजावतमा समेत रोक लगाइएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जानकारी दिए ।

मोरङको करिब ६३ किलोमिटर भारतसँगको सीमा सिल भएपछि सुरक्षा सतर्कता बढाउन दुवै तर्फका सुरक्षा निकायहरूले आवश्यक गस्ती पेट्रोलिङ गर्न थालेका छन् ।

प्रमुख नाका तथा सहायक मार्गहरूमा चेकजाँच कडा पारिएको छ भने साना–ठूला सबै प्रकारका आवागमनमा निगरानी राखिएको छ । सीमा क्षेत्रमा अस्थायी सुरक्षा पोस्टसमेत स्थापना गरिएको छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलबार  ३ : २८ बजे

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने