खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता « Khabarhub

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि उनका छोरा मोज्तबा होसेनी खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ।

इजरायली मिडियाका अनुसार इरानको एसेम्बली अब एक्सपर्टले मोज्तबालाई खामेनीको उत्तराधिकारीका रूपमा चयन गरेको हो।

गत फेब्रुअरी २८ मा भएको संयुक्त आक्रमणमा खामेनी आफ्नै निवास क्षेत्रमा रहँदा मारिएको बताइएको छ। आक्रमणमा उनकी छोरी, ज्वाइँ र नातिनीको पनि ज्यान गएको थियो। उनकी पत्नी मन्सुरेह खोझास्तेह बाघेरजादेह घाइते भएपछि उपचारका क्रममा निधन भएको समाचारमा उल्लेख छ।

खामेनीको अन्त्येष्‍टि मशादमा गरिने र तेहरानमा ठूलो श्रद्धाञ्जली सभा आयोजना गरिने जनाइएको छ। यद्यपि अन्त्येष्टिको मिति सार्वजनिक गरिएको छैन।

खामेनीले औपचारिक रूपमा उत्तराधिकारी तोकेका थिएनन्। यसअघि अन्तरिम रूपमा आयातोल्लाह अलिरेजा अराफी, राष्ट्रपति मसुद पेजेशकियन र प्रधानन्यायाधीश घोलामहोस्सेन मोहसेनी एजाइ सम्मिलित तीन सदस्यीय नेतृत्व परिषद्ले सर्वोच्च नेताको जिम्मेवारी सम्हाल्दै आएको थियो।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १२ : ३८ बजे

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२