खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता « Khabarhub

खामेनीको निधनपछि मोज्तबा बने इरानका नयाँ सर्वोच्च नेता


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अमेरिकी–इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएपछि उनका छोरा मोज्तबा होसेनी खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा चयन गरिएको छ।

इजरायली मिडियाका अनुसार इरानको एसेम्बली अब एक्सपर्टले मोज्तबालाई खामेनीको उत्तराधिकारीका रूपमा चयन गरेको हो।

गत फेब्रुअरी २८ मा भएको संयुक्त आक्रमणमा खामेनी आफ्नै निवास क्षेत्रमा रहँदा मारिएको बताइएको छ। आक्रमणमा उनकी छोरी, ज्वाइँ र नातिनीको पनि ज्यान गएको थियो। उनकी पत्नी मन्सुरेह खोझास्तेह बाघेरजादेह घाइते भएपछि उपचारका क्रममा निधन भएको समाचारमा उल्लेख छ।

खामेनीको अन्त्येष्‍टि मशादमा गरिने र तेहरानमा ठूलो श्रद्धाञ्जली सभा आयोजना गरिने जनाइएको छ। यद्यपि अन्त्येष्टिको मिति सार्वजनिक गरिएको छैन।

खामेनीले औपचारिक रूपमा उत्तराधिकारी तोकेका थिएनन्। यसअघि अन्तरिम रूपमा आयातोल्लाह अलिरेजा अराफी, राष्ट्रपति मसुद पेजेशकियन र प्रधानन्यायाधीश घोलामहोस्सेन मोहसेनी एजाइ सम्मिलित तीन सदस्यीय नेतृत्व परिषद्ले सर्वोच्च नेताको जिम्मेवारी सम्हाल्दै आएको थियो।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  १२ : ३८ बजे

जैमिनीमा कृषि संकलन केन्द्र निर्माण

गलकोट – स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने उद्देश्यले जैमिनी नगरपालिका-३ दमेकमा

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले

मध्यपूर्व तनावको असर बलिउड–साउथ फिल्म बजारमा : यशको ‘टक्सिक’ जुनसम्म सर्‍यो

काठमाडौं– विश्वव्यापी रिलिजको तयारीमा रहेको दक्षिण भारतीय सुपरस्टार यश अभिनीत

डोल्पाको मतदान केन्द्रमा खटिएका कर्मचारी बिरामी, सेनाद्वारा उद्धार

काठमाडौं– उपल्लो डोल्पाको शे फोक्शुण्डो गाउँपालिका फोतगाउँस्थित दुर्गम मतदान केन्द्रमा

होर्मुजमा इरानको नियन्त्रण दाबी, युद्ध तीव्र

एजेन्सी– मध्यपूर्वमा जारी युद्ध पाँचौँ दिनमा प्रवेश गर्दा इरानले विश्व