काठमाडौं– गृह मन्त्रालयले भोलि हुने निर्वाचनका लागि आफूले गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेको बताएको छ ।
मन्त्रालयका सूचना अधिकारी रमा आचार्य सुवेदीका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको हो । आचार्यका अनुसार हिमाली जिल्ला र सवारी साधन पुग्न नसक्ने ठाउँहरूमा हेलिकप्टरबाट मतपेटिका पुर्याउने र मतपत्र सदरमुकामसम्म पनि हेलिकप्टरबाटै ल्याउने सुविधा उपलब्ध गराइएको छ।
‘मतपेटिका सदरमुकामसम्म ल्याउन हेलिकप्टरको व्यवस्था मिलाएका छौँ। कति आवश्यक पर्छ हेलिकप्टर त्यति नै परिचालन गर्छौँ । यति वटा परिचालन गर्ने भन्ने त्यस्तो डाटा छैन । आवश्यक पर्ने हेलिकप्टर स्टेनबाइ राखेका छौँ । जिल्ला सदरमुकामसम्म भोलि नै मतपेटिका आउनका लागि कुनै पनि जिल्ला अथवा मतदान स्थानमा समस्या हुने छैन ।’ सुवेदीले खबरहबलाई भनिन्,’विकट ठाउँ र लामो दूरीको सवारी साधन पुग्ने ठाउँमा पनि हेलिकप्टर परिचालन हुनुपर्छ कि भन्ने गरेको तयारी गरेका छौँ । मतपेटिका मतदान स्थलमा रहने छैनन् ।’
सुवेदीका अनुसार मतदान स्थलबाट भोलि नै जिल्ला जिल्लामा मतपेटिका पुर्याउने तयारी सरकारले गरेको छ।













प्रतिक्रिया