गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने « Khabarhub

गस्तीमा सेनाको हेलिकप्टरले नपुग्दा अन्य कम्पनीको प्रयोग गरिने


२० फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि हेलिकप्टर गस्ती गर्दा सेनाको हेलिकप्टरले अपुग हुने भएपछि अन्य कम्पनीको पनि हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको छ । 

गृह मन्त्रालयका प्रवक्ता रमा आचार्यका अनुसार नेपाली सेनाको हेलिकप्टरले मात्रै गस्ती गर्न नपुग्ने भएपछि अन्य कम्पनीसँग पनि सहकार्य गरेर हेलिकप्टर परिचालन गर्ने निर्णय भएको हो। 

आचार्यका अनुसार बिहान बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ । ‘अति संवेदनशील र संविधानशील मतदान केन्द्रमा मात्र होइन अन्य ठाउँमा पनि देशैभरि हेलिकप्टर मार्फत गस्ती गर्ने निर्णय भएको छ ।’ आचार्यले खबरहबलाई भनिन्,’ यसका लागि हामीले हेलिकप्टरको तयारी पूरा गरेका छौँ । कति सङ्ख्यामा परिचालन हुन्छ भन्ने अहिले डाटा छैन। आवश्यकता अनुसार परिचालन गर्नका लागि पर्याप्त छ ।’

उनका अनुसार भोलिको निर्वाचनका लागि गृह मन्त्रालय र सुरक्षा परिषद्ले तयारी पूरा गरेको जानकारी उपलब्ध भएको छ।

प्रकाशित मिति : २० फाल्गुन २०८२, बुधबार  २ : ५५ बजे

‘एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ’ 

काठमाडौं– नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र सहकार्यका

चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार अपराह्न भेटवार्ता

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन

‘देशभर सुरक्षा व्यवस्था बलियो छ, ढुक्कसाथ मत हाल्नुस्’

काठमाडौं– सरकारले फागुन २१ (बिहीबार) हुने निर्वाचनका लागि हेलिकप्टरमार्फत् सुरक्षा

कोशी प्रदेशमा निर्वाचन सुरक्षा सुदृढ

काठमाडौं– यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका झापालगायत कोशी